जन्मदिन मनाउन हिडेका तनहूँका २ युवाको ट्रकको ठक्करबाट मृत्यु

  • ख-
  • ख+

तनहूँ । तनहूँमा सोमवार राति दुद्र्धटनामा परि २ जनाको मृत्यु भएको छ । दमौलीबाट बन्दिपुर तर्फ जाँदै गरेको ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आउँदै गरेको उक्त ट्रकले ठक्कर दिदाँ व्यासनगरपालिका वडा नं. ५ साँघेका विकास बिश्वकर्मा र अनिल बाचे मगर उनीहरुको मृत्यु भएको हो ।
पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको व्यासनगरपालिका वडा नं. १२ स्थित देउरालीमा लु १ ख ९८३२ नम्बरको ट्रकको ठक्करबाट बि.क. र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । मृतकहरुको शव दमौली अस्पतालमा राखिएको, ट्रक र चालक प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता युवराज खड्काले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्