शिक्षक संघको पिकनिकमा रक्सि छ्यापाछ्याप र हात हालाहालः रमेशबाबु भट्टराईको लोकप्रियतामा अत्तालिएर आक्रमण गरेको आरोप

  • ख-
  • ख+

तनहूँ । नेपाल शिक्षक संघका नेताहरुले तनहूँको पवित्र तिर्थस्थल छाव्दि बाराही मन्दिरको पिकनिक स्थलमा मदिरा पिएर हात हालाहाल गर्दा प्रहरी पुगेर छुट्याउनु परेको खबर बाहिरिएको छ ।
नेपाल शिक्षक संघको निर्वाचन आउनै लाग्दा माघ ६ गते विहिवार छाब्दि बाराही मन्दिर पुग्नुभएका शिक्षकहरु मदिराको सुरमा लठ्ठ भएर आफुलाई रिस उठेको व्यक्तिलाई रक्सि खन्याउदै हात हालाहाल गर्दा प्रहरीले हस्तक्षेप गरेर ठुलो घटना हुन जोगाएको छ ।
पिकनिक गर्न गएको टोलीलाई छाब्दि प्रहरी चौकीका प्रहरीले ”सरकारले २५ जनाभन्दा बढि जम्मा हुन निषेध गरेको” बताउदा बताउदै पनि ४०, ४५ जनाको समुहमा पुग्नुभएका शिक्षकहरु मदिराको सुरमा हात हालाहाल गरेपछि प्रहरीले ”तपाईहरु जस्तो बुद्धिजिवीहरुले यसरी झगडा गर्ने ? तपाईहरुले कस्तो शिक्षा दिनुहुन्छ ?” भन्दै हात जोडेर अनुरोध गर्नु परेको उक्त चौकीका हवल्दार शिवलाल लम्सालले बताउनुभएको छ । ”उहाँहरु बिच व्यक्तिगत दुश्मनी र शिक्षकको चुनावको कुरा रहेछ त्यसैबारेमा त्यत्रो ववण्डर गर्नुभयो , प्रहरी समयमै नपुगेको भए अनिष्ट हुन सक्ने सम्भावना रहेको” हवल्दार लम्सालको भनाई छ ।
यसै बिषयमा उक्त पिकनिकमा सहभागी नाम उल्लेख गर्न नचाहने एकजना शिक्षकसग जिज्ञासा राख्दा ”उक्त दिन जुन घटना घट्यो नेपाल शिक्षक संघ तनहूँमा आवद्ध हामी सबै शिक्षकलाई सारै शर्मनाक बनाएको हुनुपर्छ । नेपाल शिक्षक संघको निर्वाचन आउदै गर्दा रमेशबाबु भट्टराईको उमेदवारी घोषणा र उहाँको लोकप्रियता देखेर उहाँमाथि सुनियोजित रुपमा आक्रमण गर्ने प्रयाश गरेको पाईयो” भन्नुभएको छ ।
उक्त दिन भगवान को नामधारण गरेका एक विद्यालयका प्रधानाध्यापक मदिरामा लठ्ठ भएर सबैमाथि मदिरा छ्याप्दै हिडेपछि घटनाले उग्ररुप लिएको बताईएको छ ।
”धेरैजना मदिरामा लठ्ठ हुनुहुन्थ्यो १, २ जना ए त्यो …मेशे हामी विरुद्ध चुनावमा उठ्छु भन्ने त्यस्लाई आज ठिक पार्नुपर्छ ” भन्दै हिडेका थिए , ”हामीलाई त सरकारी विद्यालयका शिक्षक यस्तै हुन् भन्दै रमाईलो मान्दै हेरिरह्यौ, म त पिटापिट गर्न थाले भने टिकटक बनाउला भनेको प्रहरी आएर बनाउनै पाईन” एक जना प्रत्यक्षदर्शीले बताउनुभएको थियो ।
शिक्षक अर्थात गुरुहरुको त्यस्तो चर्तिकलाले छाब्दि क्षेत्रका बासिन्दाहरुमात्र होईन यो रक्सि काण्ड बारे सुन्ने मानिसहरु छक्क परिरहेका छन् र भनिरहेछन् ”मान्छेको लोकप्रियताले आफ्नै सहकर्मीहरुलाई पोल्दोरहेछ प्रहरी नपुगेको भए त अनिष्ट नै हुदोरहेछ ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्