तनहूँ । राष्ट्रिय युवा संघ तनहूँद्धारा मुल्यवृद्धिको विरोधमा तनहूँको दमौलीमा राँके जुलुस तथा कोणसभाको आयोजना गर्यो । युवा संघको कार्यालयबाट शुरु भएको राँके जुलुस सफासडक चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
उक्त कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य उज्वल खनालले ”वर्तमान अप्राकृतिक गठबन्धनबाट बनेको सरकारले पटक पटक मुल्यवृद्धि गरेर जनताको ढाँड सेक्ने काम गरेको” बताउनुभएको थियो । ”चुनावमा जान डराउने, राष्ट्र राष्ट्रियता,जनतााको पक्षमा काम गरेको नेकपा एमालेले बहुमत ल्याउछ भनेर यो सरकार डराएको ” पनि उहाँले बताउनुभएको थियो ।
राष्ट्रिय युवा संघ तनहूँका सचिव बसन्त पौडेलले संचालन गरेको कार्यक्रममा कार्यक्रमका संयोजक एवं राष्ट्रिय युवा संघ तनहूँका संयोजक मदन तिमल्सेनाले ”हामीले कृष्णकुमार श्रेष्ठ किसानलाई यसक्षेत्रबाट जिताएर केन्द्रमा पठायौ उहाँ अर्को पार्टीमा प्रवेश गरेर परमादेशी सरकारको मन्त्री हुनुभयो उहाँकै सरकारको प्रहरीले उहाँलाई चुनाव जिताउने युवाहरुलाई शान्तिपूर्ण जुलुस गर्दा दमन गरेको” बताउनुभएको थियो साथै उहाँले ”नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपाल कुनै ५ तिर फर्केका गठबन्धनसग नडराउने र चुनावमा भिड्ने ” बताउनुभएको थियो ।
”नेकपा एमालेले हिजो, आज र भोली पनि जनताको पक्षमा बोल्ने भएर जनताहरु एमालेलाई भोट दिन आतुर भएको बताउदै मुल्यवृद्धि फिर्ता गरेर निर्वाचन घोषणा गर्न ” आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय युवा संघका नेताहरु केन्द्रिय सदस्यहरु तिर्थ खनाल, ईश्वर श्रेष्ठ, पूर्व केन्द्रिय सदस्य बिष्णु अधिकारी , तनहूँका विभिन्न पालिकाका युवा नेताहरु कृष्ण कुमार श्रेष्ठ , विर बहादुर लामा (चिजे) अजित पन्थ , राम श्रेष्ठ , सरोज बस्नेत , कृतिमान श्रेष्ठ , गणेश सापकोटा , सुदिप पौडेल, राजु गुरुगंहरु लगायतका युवा नेताहरुको सहभागिता रहेको थियो ।









