दमौली अस्पतालका डक्टरहरुले तलब, भत्ता नपाएपछि श्रममन्त्रीद्धारा चासो व्यक्त

  • ख-
  • ख+

तनहूँ । लामो समयदेखि तलब , भत्ता प्राप्त गर्न नसकेपछि अस्पतालको दैनिक सेवामा हाजिर नहुने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका चिकित्सकहरुको बारेमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले चासो व्यक्त गर्नुभएको छ । सर्वज्योतिसग कुरा गर्दै मन्त्री श्रेष्ठले कोरोनाको महामारीको बेलामा खट्ने चिकित्सकहरुको लामो समयदेखि तलब, भत्ता र नेपाल सरकारले उपलब्ध गराउने भनेको जोखिम भक्तासम्म नपाएको खबर पढ्दा सारै अचम्म लाग्यो । सम्बन्धित मन्त्री नभएपनि आफ्नो तर्फबाट के गर्न सकिन्छ पहल गर्ने उहाँले बताउनुभएको छ । सार्थ उहाँले १५ सैयाको दमौली अस्पताललाई सधै स्तरोन्नति गर्दै यहिबाट तनहूँवासीलाई सबै सेवा दिनुपर्छ भन्ने आफ्नो धारणामा तलबभत्ता रोकिने कामले असर पुर्याएको समेत उहाँले बताउनुभएको छ ।

तनहूँको सदरमुकाम दमौली अस्पतालमा कार्यरत ११ जना चिकित्सकहरुले शुक्रवार प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई एक ज्ञापनपत्र बुझाउदैं लामो समयदेखि तलब, भत्ता र नेपाल सरकारले उपलब्ध गराउन निर्देशन दिएको तलबभत्ता पनि प्राप्त गर्न नसकेकोले माघ २३ गते बाट दैनिक कामकाज गर्न असमर्थ हुने बताउनुभएको छ ।
तनहूँको दमौलीमा रहेको जिल्ला अस्पताल दमौली अस्पताल गण्डकी प्रदेश मातहत रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?