”व्यासमा सामुदायिक विद्यालयले दिएको विद्यार्थीहरुको डाटा हेर्ने र अनुगमन गर्ने हो भने आकाश जमिनको फरक छ तर के गर्ने विद्यार्थीको नाममा पैसा लैजादै अपचलन गरिरहेका छन् । को बोल्ने ? प्रअहरुलाई त के भो र बिद्यार्थी संख्या धेरै देखायो अर्को शिक्षक ल्यायो आफु नेताको चाकडि गर्न हिड्यो , कस्ले छुने राजनितिक दलको कार्यकर्तालाई ?
तनहूँ । व्यास नगरपालिकामा करिब साना ठुला गरि ७५ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । कुनै विद्यालयमा सयौको संख्यामा विद्यार्थीहरु छन् भने कुनै विद्यालयमा दुई हातका औलामा गन्न सकिने विद्यार्थीहरु छन् । व्यास नगरपालिकामा नै विद्यार्थीभन्दा शिक्षक धेरै भएका विद्यालय प्रशस्त रहेका छन् । विद्यार्थी संख्या भन्दा शिक्षक संख्या बढि हुदाँ पनि ति विद्यालयका विद्यार्थीहरुले कहिल्यै राम्रो नतिजा ल्याएको कतै सुनिदैन र देखिदैन । थोरै विद्यार्थी भएका विद्यालयहरु एक अर्कामा गाँभेर संचालन गर्ने निती भएपनि राजनिति नेतृत्वले सामुदायिक विद्यालयहरुलाई आफ्ना कार्यकर्ताहरु पाल्ने थलोको रुपमा बिकास गर्दै लगेको कारणले त्यस्ता विद्यालयहरु गाँभिन सकेका छैनन् । व्यासले साँढे चार बर्षे कार्यकालमा बल्ल बल्ल एउटामात्र विद्यालय गाँभ्न सफल भएको छ ।
सामुदायिक विद्यालय राजनिति गर्ने अखडा सिद्ध भएको र सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्केको हुनाले बिद्यार्थी संख्या कम हुने त भईहाल्यो व्यास नगरपालिकाका सामुदायिक विद्यालयहरुमा निकै ठुलो समस्याका रुपमा विद्यार्थी संख्या धेरै देखाउने प्रवृत्ति मौलाएको पाईएको छ ।
शिक्षा कार्यालय वा सम्बन्धित कार्यालयहरुमा विद्यार्थी संख्या धेरै देखाएपश्चात खाजाको पैसा, छात्रवृत्ति, पाठ्यपुस्तकको रकम , प्रशासनिक खर्च, शिक्षक दरवन्दि पनि त्यसै अनुरुप पाईने गरेकोले पनि बिद्यार्थी संख्या धेरै देखाउने र सरकारी सम्पत्तिको दुरुपयोग गर्ने प्रवृत्ति बढेको जानकारहरुको भनाई छ ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विद्यार्थी संख्या धेरै लिएर अनेकन सुविधा लिईरहदा किन अनुगमन भईरहेको छैन त भनेर एकजना विद्यालयका प्रअसग जिज्ञासा राख्दा ” राजनितिक नेतृत्वको आदेश नपाईकन कर्मचारीले तिनका कार्यकर्ता प्रअहरुलाई छोएर देखाउन् त ल ? अनुगमन गएको भोलिपल्ट सरुवा हुन कस्लाई मन छ र ? ” उहाँको भनाई रहेको छ । उहाँका अनुसार ”व्यासमा सामुदायिक विद्यालयले दिएको विद्यार्थीहरुको डाटा हेर्ने र अनुगमन गर्ने हो भने आकाश जमिनको फरक छ तर के गर्ने विद्यार्थीको नाममा पैसा लैजादै अपचलन गरिरहेका छन् । को बोल्ने ? प्रअहरुलाई त के भो र बिद्यार्थी संख्या धेरै देखायो अर्को शिक्षक ल्यायो आफु नेताको चाकडि गर्न हिड्यो , कस्ले छुने राजनितिक दलको कार्यकर्तालाई ? कस्ले प्रश्न उठाउने विद्यार्थी संख्या धेरै देखाएर सेवा सुविधा लिएको ?” उहाँ अगाडि भन्नुहुन्छ ।
व्यासमा शिक्षक तथा कर्मचारीहरुको संचयकोष कट्टीको पैसा महिनौसम्म संचयकोषमा जम्मा नगरि मिटर व्याजमा पैसा लगाउने प्रधानाध्यापक फेला परेको परिवेशमा यसरी विद्यार्थी संख्या धेरै देखाएर प्राप्त गरेको खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक र प्रशासनिक खर्चको रकम सदुपयोग भएको भएकोछ कि झिकेर लानेले अपचलन गरिरहेको छ खोजीको बिषय बनेको छ । विद्यार्थी संख्या धेरै देखाएर सम्बन्धित कार्यालयहरुबाट बढि रकम असुल गर्ने शिक्षाको मन्दिर विद्यालयका प्रअहरुले अन्य शिर्षकमा प्राप्त रकमको के कसरी सदुपयोग गरेका होलान् गम्भिर आशंका पैदा भएको छ !
यसै बिषयमा व्यास नगर शिक्षा शाखामा सम्पर्क गर्दा ” बिद्यार्थी संख्या धेरै देखाउने समस्या व्यासनगरको मात्र समस्या नभएर देशभरकै समस्या रहेको” बताउनुहुन्छ ।








