तनहूँ । व्यास नगरपालिकाको प्रवक्ताको पदबाट व्यास ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले राजिनामा दिनुभएको छ । श्रेष्ठले केहिदिन अगाडि राजिनामा दिएपनि उक्त खबर आज बाहिरिएको हो ।
यसै बिषयमा राजिनामा दिनुभएका श्रेष्ठले प्रतिकृया लिदाँ ”मेरो खासै केहि गुनासो छैन, यत्तिन्जेलसम्म मलाई सर्पोट गर्ने सबैलाई धन्यवाद दिदै राजिनामा दिएको छु” भन्नुभएको छ ।
कार्यकाल सकिनै लाग्दा किन आयो त प्रवक्ताबाट राजिनामा भनेर एकजना जनप्रतिनिधिसग प्रश्न सोध्दा ”मोहनजी युवा सोच र भिजनका साथ काम गर्नुपर्छ भन्ने मान्छे सबैसग टुनिगं मिल्दैन, फेरि सबै जनप्रतिनिधिको अरुकोे भिजनमा चल्ने मात्र पनि हुदैनन् त्यसैले राजिनामा आएको हो ” भएको छ । साथै ” मैले पनि करिब ५ बर्ष जति वडा अध्यक्ष चलाए नगरपालिका चलाउनसक्छु भनेर व्यास नगरको मेयरमा दावि गर्न मोहनकुरमार श्रेष्ठले राजिनामा दिएको र मोहनकुमार श्रेष्ठको नजर अव व्यासको मेयरमा छ भनेर सबैले बुझ्नु जरुरी रहेको छ ” उहाँको भनाई छ ।
यसैबारेमा पुनः मोहनकुमार श्रेष्ठसग प्रतिक्रिया लिदा ”नहुन सक्ने केहि पनि छैन कि अग्रजहले तैले वडा अध्यक्ष हुदाँ जनताको मन जित्ने काम गरेको छैनस् भन्नुपर्यो कि माथि बढ्ने मौका त दिनुपर्यो नि , के हामी जस्तो भिजन भएको युवा मान्छे माथि जानै नहुने भन्ने छ र ?” भन्नुभएको छ ।
नगरपालिकाको प्रवक्ताबाट राजिनामा दिएपनि श्रेष्ठको राजिनामा स्विकृत भएको जानकारी हालसम्म प्राप्त भएको छैन ।








