तनहूँ । तनहूँ जिल्लाको पुरानो नगरपालिका व्यास नगरपालिकाको भवनको पार्किगंमा पार्किगं गर्न पाईदैन त्यहाँ त पानी जम्मा हुने हुन्छ भन्दा मानिसलाई अचम्म लाग्न सक्छ तर उक्त भवनको पार्किगमा प्रवेश गर्न खोज्ने मानिसले सजिलै उक्त स्थानमा पानी जम्मा भएर पोखरी बनेको प्रायशः देख्न पाईन्छ । नगरपालिकाका वरिष्ठ ईन्जिनियर राजु पौडेल अध्ययन पश्चात जापानबाट फर्केर अलिकति सुधार नगरुन्जेलसम्म त अण्डरग्राउण्ड पार्किगंमा भ्यागुताहरु पौडि खेलेको देखेर अचम्म मानेका थुपै्र भुक्तभोगीहरु भेटिनुहुन्छ । अण्डरग्राउण्ड पार्किगं गाडि पार्किगंको लागि भन्दा पनि पानी जम्मा गर्नको लागि बनाईएको रहेछ भनेर जो कोहिले सहजै अनुमान गर्न सक्दछ किनकी शहरको बिचमा भएको करोडौको लागतमा बनेको बिशाल भवनको अण्डरग्राउण्ड पार्किगंमा पानी निकासको कुनै बाटो नै राखिएको छैन न त निकाश दिने सकिने कुनै उपाय नै बाँकी छ ।
व्यावसायिक प्रायोजनको लागि निर्माण गरिएको भवनको भताभुगं अवस्था हुदाँहुदै पनि व्यास नगरपालिकाले अर्को भवन निर्माण कार्यलाई अगाडि बढाएको छ ? के यो भवन भन्दा ठुलो बन्ने नयाँ भवन पनि यहि भवन जस्तै बन्ने हो त ? हाल व्यास नगरपालिकाको कार्यालय रहेको भवनको पार्किगंमा पुग्ने , भित्तातिर नजर लगाउने र लिफ्ट प्रयोग गर्न लाग्दा लिफ्टमा पस्ने ढोका बन्द देख्ने मानिसको मनमा यो प्रश्नले डेरा जमाउदछ ।
व्यास नगरपालिकाको हालको भवन कमिशनको लोभमा ठेक्का दिने प्रवृत्ति , कमिशनको लोभमा गरिने अनुगमनको अनुपम उदाहरण बनेको छ । निर्माण सम्पन्न भएको १,२ बर्ष नबित्दै भत्कने, पानी चुहिने, रसाउने , लिफ्टको ढोका बन्द, उक्त भवनमा प्रवेश गर्न राखिएका ढोकाहरु कसैको ईच्छाको भरमा खोलिने र बन्द गरिने हुदाँ उक्त भवनमा कार्यालय भएका बैक तथा नगरपालिकामा आउने सेवाग्राहीलाई असुविधा भईरहेको छ ।
आफ्नै कार्यालय भवन निर्माण गर्दाको समयमा उक्त भवनको अनुगमन पास गर्ने प्राविधिकहरुबाट अन्य सामुदायिक तथा सर्वसाधारणद्धारा निर्मित भवनहरुको अनुगमनमा के कति हेलचक्रयाई भएको होला सहजै अनुमान गर्न सकिन्छ ।












