दुध बेचेर हिड्ने एउटा किसान जो देख्छन् व्यास नगरको मेयर बन्ने सपना

  • ख-
  • ख+

तनहूँ । एउटा दुध बेच्न हिड्ने साधारण किसान रमेश प्रसाद आचार्यले व्यास नगर मेयर बन्ने सपना देख्नुभएको छ । व्यास नगरपालिका वडा नं. ११ का बासिन्दा आचार्य ”आफुले दुः ख गरेर आफ्नो कर्म गरेर खाएको र व्यास नगरवासीले मेयरमा विजयी बनाएपनि किसानी काम नछोड्ने भएकोले आम मतदाताले आफुलाई विजयी बनाउनुपर्ने ” बताउनुभएको छ ।’‘म शिक्षित पनि छु, वैदेशिक राजगारीको सिलसिलामा विदेशमा बस्दा नगरको विकास कसरी गर्न सकिन्छ अध्ययन पनि गरेको छु म मेयर बने भने पनि काम गर्न सक्ने भिजन भएको युवा हुँ , म मेयर बनेपछि ठुलो मान्छे बने भन्ने सोचेर किसानी पनि छोड्दिन र जनताको कामको लागि समय दिन कुनै कन्जुस्याई गर्दिन ” उहाँले भन्नुभएको छ ।
”जनप्रतिनिधि भएपनि आफ्नो धरातल नबिर्सने मानिस चाहिएकोले म मेयर भएपछि पनि समय मिलाएर आफ्नो काम दुध बेच्न हिड्ने नै छु , जनप्रतिनिधि भएपछि म त राजा नै भए भन्ने संस्कारको विकास भएकोले म मेयर बिजयी भएपनि यस्तै साधारण किसान रहनेछु आफ्नो कार्यकाल सकेपछि पनि साधारण किसान रहनेछु । दुध बेचेर गाडि किन्न सकेभने ठिक छ नत्र जनताको पसिनाको राजश्वमा तर मारेर गाडि चढ्ने छैन” उहाँ अगाडि थप्नुहुन्छ ।
लामो समयसम्म कम्युनिष्ट राजनितिमा सक्रिय रमेश आचार्य पछिल्लो समय विवेकशिल साझा पार्टीमा आवद्ध हुनुहुन्छ ।

बैशाष ३० गते हुन लागेको निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार निवर्तमान मेयर बैकुण्ठनाथ न्यौपाने र एमालेद्धारा समर्थित उमेदवार दिपकराज जोशीबिच प्रतिष्पर्धा भईरहदा आफुलाई फाईदा हुने र मतदाताले आफुले मत दिने रमेशप्रसाद आचार्यको भनाई रहेको छ । ( सम्पादित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?