व्यासनगरलाई भिजन भएको मेयरको खाँचो छ

  • ख-
  • ख+

(मोहनकुमार बतास)

हगंकंग । शिक्षित मानिसमा आत्मविश्वास हुन्छ भिजन हुन्छ र केही गर्छु भनेर एक्लै आउछ दुनियालाई आफ्नो भिजन सुनाउने गर्छ । शिक्षित मानिसको भिजन बुझेपछि विवेकशुन्य मानिस, आफुले खाईपाई आएको अरुले खोस्छन् कि भन्ने चिन्ताले पिरोलिन्छ । मेरो एक जना मित्रले मेरो लेखमा दिपकराज जोशीको बारेमा लेखेको देखेपछि भन्नुभएको थियोे ”दमौलीमा बसेको २०, २५ बर्ष भयो उहाँको अनुहार त कहिल्यै पनि देखिन नि ! ” उहाँको सरल भाषाको लेखाईमा आश्चर्य प्रकट गर्नुभयो । यस्तै प्रश्न मैले पनि विदेशमा बसेर देशको चिन्ता गर्दा बेला बेलामा साथीहरुले गर्ने गर्नुहुन्छ किन बिदेश बसेर कुर्लनु हुन्छ ? इच्छा भए दमौली आएर राजनिती गर्नु नि ? राजनिति गर्न अनुभव चाहिन्छ, त्याग चाहिन्छ , जेलनेल बसेको हुनुपर्छ अनेक अनेक ।
अरे बाबा ! देशको विकास गर्न जेलनेल , बसेको अनुभव भएको चाहिने हो कि पढे लेखेको, भिजन भएको मानिस चाहिने हो ? अहिलेको डिजिटल जमानासग चिरपरिचत र पोख्त मानिस चाहिने हो ? हो मसग त माथि उल्लेखित केहि चिज छैन । मसग राजनिति गर्दा जेलमा बसेको सर्टिफिकेट पनि छैन त्यसैले त मैले देश दुनिया बदल्छु कहिल्यै भनेको छैन ।
देश विदेश घुमेको त्यहाँको विकास कसरी अनुभव गरेको म त कमसेकम जेलनेल भोगको मानिसबाट मात्र अब हाम्रो देश बन्छ भन्ने कुरामा कत्ति पनि विश्वास राख्दिन । होला त्यो त्याग र योगदानले हामीले विभिन्न तन्त्रहरु पाएका हौला तर देश पनि उसैले बनाउनु पर्छ र बनाउछ भन्नेमा कुरामा सहमत हुने कुरा आजको युगमा कत्ति पनि फलदायक हुनै सक्दैन । आजको बिश्वमा बेसिक निड्सको लागि मात्र संघर्ष गर्ने बेला मात्र होईन आज राजनिति गर्नेले देश र जनताको लागि त्योभन्दा माथी उठेर काम गर्ने बेला आएको छ ।
हाम्रो देशमा प्रजातन्त्र आउदा हामी जस्तै भएका देशहरु आज मंगल ग्रहमा बस्ति बसाउने योजना बुन्न थालिसके हामी भने यति बर्ष जेल बसेको मान्छेलाई कुर्सि सुम्पनुपर्छ, , यति हजार शोषक सामन्तको घाँटी रेटेको मान्छेलाई उच्च पदमा पुर्याउनुपर्छ भनेर बसिरहेका छौ । बर्षौ भयो त देश चलाउन उहाँहरुलाई सुम्पेको अझै कति तिनको पछि लागेर देश बन्छ भनेर विश्वास लिने ? आज कस्को ध्यान गएको देशको उन्नतिको लागि ? दिनका दिन एयरपोर्टमा फर्किएका लाशहरु र तिनको परिवारप्रति कस्ले चासो लिएको छ ? स्वदेशमा नै रोजागारी कसरी दिने ? कस्तो शिक्षा दिने ? समाज कस्तो बनाउने ? आत्मसम्मान कसरी कायम राख्ने ? कस्को चासो गएको छ ?
देशको कुरा छोडौ तनहूँ जिल्ला कै कुरा गरौ जात, धर्म, भुभागको नाममा जेल बसेको नाममा राजनिति गरेर सत्तामा बस्नेहरुले अहिलेसम्म तनहूँको बिकासमा के के गरे त औलामा गनौ त ? कसको लागि कति गरे हेरौ त सबै छर्लगं छ नि । डिजिलाइसेसन युगमा आज पनि हामी यो यतिबर्ष जेल बसेको यस्लाई यो बनाउनुपर्छ भनेर रिजर्भ बस्ने कस्ले बनाउन सक्छ हाम्रो तनहूँ ? कस्ले बनाउन सक्छ हाम्रो व्यास नगर ? दिपकराज जोशीभन्दा को आउला र अझ सक्षम र भिजन भएको आकांक्षी खुल्ला बहस गरेर छिनोफानो गरौ न ।

म अरुको मुल्यांकन गर्न सक्ने त्यति विद्धान मान्छे त होईन तैपनि एउटा उदाहरण दिन्छु नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मेरो जिल्लावासी हुनुहन्छ । उहाँलाई जेलनेल बसेको भनेर २६ , २६ बर्ष सत्तामा पुर्याउदा के प्राप्त गर्यौ त हामीले ? अहिले उहाँले भनेको सुन्छु गठबन्धन गरेर जानुपर्छ । अरे बाबा कोसग गठबन्धन गर्ने र? बिचार मिलोस या नमिलोस स्वार्थ मिल्यो भन्दैमा गठबन्धन बनाए पौडेललाई त फाईदा होला मेरो जिल्लालाई, मेरो नगरलाई के फाईदा हुन्छ र? पौडेलले ठुलो पदमा पुग्नको लागि गर्न खोजेको गठबन्धनले तनहूँबाट सहिद भएका सरस्वती कृष्ण श्रेष्ठ , कल्याण खनाल ,होम राज लोहनी, बिष्णु जमरकटेल लगायतका तथा वेपत्ता परिवारलाई कस्तो फाईदा पुग्छ ? अलिकति पनि तिनको लाशको ईज्जत राख्नुपर्दैन होला त्यस्तो गर्न खोज्नेहरुले ? जसरी वहाहरूको लास माथी टेकेर हुकुमीशैलीमा राष्टिय सभाको निर्वाचनमा वहाँहरुलाई जिताउदा ति बेफ्वाँकमा मारिएका शहिदहरुको बारेमा अलिकति याद पनि आएन होला ? पौडेलको २६ बर्षको शासन र यस्तै यस्तै निर्णयले तनहूँमा ६ वटै सिट गुमाउनुपरेको सबैलाई ताजै हुनुपर्ने हो ।
आफ्नै सहयात्री, तनहूँमा नेपाली कांग्रेस स्थापनामा खट्ने नेता कार्यकर्ता आज पौडेलबाट प्रताडित छन् । भोलिका दिनमा चितवन कांग्रेसको सभापति जस्तो अरु जिल्लाका सभापतिहरु मनमा पिडा लिएर कुर्लनुपर्ने अवस्था नआवोस् आफुले एक्लै लड्दा जितिदैन भनेर कसैको सहारामा वैतरणी तर्ने पौडेलले सपना देख्नुभएको छ भने अब त वर्तमान् युगमा युवा पुस्ताले ति कुराहरुलाई कदापि स्विकार्ने छैनन् ।
मलाई लाग्छ लामो समयसम्म नेतृत्व गर्ने पौडेलजस्ता व्यक्तिको प्रवृत्ति विरुद्ध पनि दिपकराज जोशीको व्यासको नगरप्रमुखमा भिजन र व्यास बनाउने दृढ अठोटका साथ उमेदवारी हुनेछ । मलाई लाग्छ दिपकराज जोशीसग १४, १५ बर्ष जेल बसेको सर्टिफिकेट छैन तर व्यास नगर बनाउने प्रशस्त भिजन छ । मलाई लाग्छ आज व्यास नगरका वासिन्दाले अब बरु हार स्विकार गर्दछन् तर भिजन नभएको मान्छे चुन्नेछैनन् ।
सधै देखेको, सधै घरबाट बाहिर निस्कदा ठोक्किनेलाई मेयर बनाउने हो भने त आफ्नै घरका आमा, बुबा, श्रीमान् श्रीमती छोरा छोरी , दाजुभाईलाई मेयर बनाए भईहाल्यो नि होईन र ?
व्यासनगरवासीलाई त जेलनेल भोगेको भन्दैमा सत्तामा पुग्न पाईन भनेर गोहिका आँशु चुहाउनेका पछि लाग्ने होईन यतिवेला व्यासनगर बनाउन सक्ने देश बनाउन सक्ने भिजन भएको दमौलीको बिचमा जन्मेर देश बिदेश ज्ञान र अनुभव बटुलेर आफ्नै समाजको लागि केहि गर्छु भनि आएको नेताको खाँचो छ ।

(लेखकका निजी विचार हुन्)
( व्यास ३ सफासडकका मोहन कुमार बतास लामो समयदेखि हगंकंगमा व्यापार व्यवसायमा संलग्न हुनुहुन्छ ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?