एमसीसीमा सहमति जुटाउने शीर्ष नेताको प्रयास असफल

  • ख-
  • ख+

काठमाडौं । गठबन्धनका शीर्ष नेताहरु अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा अझै एकमत हुन सकेका छैनन् ।

शनिबार गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएपनि सहमति जुट्न नसकेको हो ।

एमसीसी र स्थानीय निर्वाचनका विषयमा कुरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकाल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रचण्डको सचिवालयका अनुसार एमसीसीका विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न सकेन् ।

भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि अमेरिकी अनुदान रु ५५ अर्ब सहायतालाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा उनीहरूबीच परामर्श भएको थियो ।

प्रमुख विपक्ष नेकपा (एमाले) का कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचारविमर्श भएको थियो ।

छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गरेको उनका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिइन् ।

सत्तारुढ गठबन्धनबीचको एकतालाई आगामी तीनै तहका निर्वाचनसम्म निरन्तरता दिने विषयमा पनि उनीहरूबीच मतैक्यता रहेको थियो । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?