एसियन फोरम नेपालद्धारा ३ विद्यालयका विद्यार्थीलाई ३ लाख रुपैया छात्रवृत्ति सहयोग

  • ख-
  • ख+

राजेश कार्की । एशियन फोरम नेपालको आयोजनामा भानु नगरपालिकाका श्री होमराज लोहोनी शारदा शिक्षा सदन भानु २ नारेश्वरटार, श्री हिमालय मा. वि. भानु ३ चाम्बास र श्री जनजागृति मा. वि. भानु ३ तुरतुरे गरि ३ वटा बिद्यालय अध्ययनरत ३० जना अति गरिब तथा जेहेन्दार छात्रछात्राहरुको लागि १०/ १० हजार रुपैयाका दरले शैक्षिक छात्रवृत्ति सहयोग गर्नुभएको छ।

यस अघि पनि विभिन्न समयमा एशियन फोरम नेपालले बिद्यालयको भौतिक सुधारको निमित्त सहयोग गरेको थियो। कार्यक्रममा एशियन फोरम नेपालका लेखा तथा प्रशासनका निर्देशक एकलाल न्यौपानेले बिद्यार्थीको भबिष्यलाइ मध्यनजर राख्दै उक्त रकम सहयोग गरेको र अभिभावकहरुले बिद्यार्थी कै शैक्षिक सामाग्रीका निम्ति खर्च गरिदिनुहुन अनुरोध गर्नु भएको थियो ।
एसियन फोरम नेपालको केन्द्रिय सदस्य तोरण अधिकारी, एसियन फोरम गण्डकी प्रदेशका संयोजक लक्ष्मण बाँनिया, एसियन फोरम भानु इकाइका अध्यक्ष दिपकराज उपाध्याय लगायतको उपस्थिति रहेको थियो। भानु २ का वडा अध्यक्ष अर्जुनबहादुर केसीले भाइबहिनीको भबिष्यलाई चिन्ता गरि टाढाबाट आएर सहयोग गर्नुभएकोमा एसियन फोरमको टिमलाइ हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको थियो।
होमराज लोहोनी शारदा शिक्षा सदन भानु २ का बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नवीन दाहालले एसियन फोरमले भानु २ नारेश्वरटारमा भानु सामुदायिक स्वास्थ केन्द्र स्थापना ,भानु महिला बिकास संस्था भानु २ मा कम्प्युटर सहयोग, होरालो शारदा शिक्षा सदनमा भवन बनाउन ८ लाख रुपैया, विभिन्न समयमा धेरै सहयोग आइसकेको र भानुवासीलाइ धेरै माया गर्नु भएकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?