दमौलीमा माईक्रो र मोटरसाईकल दुर्घटना: २ जना गम्भिर घाईते

  • ख-
  • ख+

तनहूँ । तनहूँ दमौलीको बागबजारमा आज १ बजे मोटरसाईकल र माईक्रोबसको दुर्घटना भएको छ । काठमाण्डौ बेनी चल्ने बा ३ ख ९५२९ नम्बरको माईक्रो र लु ९ प ३८२६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकलमा सवार व्यास नगरपालिका वडा नं. १० का १९ बर्षिय अर्जुन नेपाली र उक्त मोटरसाईकलमा पछाडि बस्ने व्यास १२ का २० बर्षिय मनोज नेपालीलाई गम्भिर चोट लोगको छ ।
स्थानिय र प्रहरीको सक्रियतामा घाईतेहरुको उद्धार गरि तत्काल रत्नहरि अस्पताल लगिएकोमा दुवैको नाक, मुख र पेटमा चोट लागेकोले थप उपचारको लागि चरक अस्पताल पोखरा लगिएको छ । चालक ताथ सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?