बाबुरामले भने- एमसीसीको समर्थन नगर्नेहरुले सरकार छाडे हुन्छ

  • ख-
  • ख+

काठमाडौं । सत्ताघटक जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरु सरकार बस्न उचित नभएको बताएका छन् । एमसीसी सहयोग परियोजना मात्रै नभएर देशको परराष्ट्र र विकास नीतिसँग जोडिएको भन्दै उनले एमसीसीको विरोध गर्नेहरुलाई सरकारबाट बहिरिन आग्रह गरेका हुन् ।
माओवादी केन्द्र र नेकपा एसलाई लक्षित गर्दै उनले सत्ताको तर मार्ने अनि बाहिर साखुल्ले बन्ने छुन नहुने बताएका हुन् ।

‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन–सरकारमा बस्न मिल्दैन १’ उनले भनेका छन्, ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन । भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो!’
माओवादी र नेकपा एसले यथास्थितिमा एमसीसी पास गर्न नहुने बताइरहेको छ । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?