करेन्ट लागेर डुम्रेमा ऋषिगंका सोमबहादुर मगरको मृत्यु

  • ख-
  • ख+

तनहूँ । करेन्ट लागेर तनहूँमा एक व्यक्तिको मृत्यु भएको छ । तनहूँको बन्दिपुर गाँउपालिका वडा नं. १ रिमाल्नि स्थित पृथ्विराजमार्ग सडक खण्डमा ग १ ख ८२०८ न. को ट्रकमा बा ३ क २६९४ नम्वरको एक्साभेटर लोड गर्ने क्रममा अचानक नाङगो तारमा छोईन जाँदा तनहूँ जिल्ला ऋषिङ गाँउपालिका वडा न. ५ सतङ्गु बस्ने बर्ष २४ को सोम बहादुर मगरको मृत्यु भएको हो ।
करेन्ट लागेर घाईते हुनुभएका मगरलाई तत्कालै उपचारको लागि लक्ष्मी सिटी अस्पताल डुम्रे लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?