युवराज खतिवडा (प्रवन्ध निर्देशक: वाई. यु. के. सुपरमार्केट प्रा. लि., सेदी, लेकसाईड, पोखरा )
कोराना कोभिड १८ को महामारीले सताईरहेको समयमा सफल युवा व्यवसायी युवराज खतिवडाले पोखराको लेकसाईडको सेदीमा निकै भिन्न प्रकारको सुपर मार्केट वाई.यु.के.सुपरमार्केट संचालनमा ल्याउन लाग्नुभएको छ । १७ रोपनी क्षेत्रफलमा फैलिने सुपर मार्केटमा नेपालमा नौलो मानिने प्रकारका पसलहरुदेखि यहाँ आउने ग्राहक तथा सेवाग्राहीलाई आनन्दको महसुस हुने प्रकारका सेवा र सुविधा दिने खतिवडाको तर्क रहेको छ । यस विषयमा वाई. यु. के. सुपरमार्केट प्रा. लि. का प्रवन्ध निर्देशक युवराज खतिवडासग गरेको कुराकानीः
प्रश्नः कोरोना महामारीको बिषम परिस्थितिमा पनि यहाँले सुपर मार्केट संचालन गर्ने तयारी गर्नुभएको छ किन ?
खतिवडाः हामीले कोभिडबाट केहि पाठ सिक्नु जरुरी रहेको छ र भोलिको दिनमा पनि कोभिड रोकिएला भन्न सकिदैन । भोलिका दिनहरुमा कोभिड जस्ता महामारीहरु आर्यरहन सक्ने सम्भावनाहरु रहेको छ । विभिन्न किसिमका महामारीहरु आउछन् भनेर हामी व्यापारी व्यवसायीहरु सधै खुम्चिएर बस्नुहुदैन भनेर अलिकति खुल्ला स्पेश चाहिने कुरालाई मध्यनजर गरि पोखराको पर्यटन व्यवसायलाई पनि केहि टेवा पुर्याउनुपर्छ र व्यापारी साथीहरुलाई पनि आर्कषित गर्नुपर्छ ठाँउ देखाउनुपर्छ भनेर नै यो बजार संचालनको तयारी गरेका हौ ।
प्रश्नः तपाईले सुपर मार्केटको लागि जुनप्रकारको लोकेशन छनोट गर्नुभएको छ किन ? के यो ठाँउ त्यस्को लागि उर्पयुक्त हो ?
खतिवडाः यो लोकेशनलाई मैले प्राईम लोकेशनको रुपमा लिएको छु । पहिलो कुरा त यो लेकसाईड अर्थात फेवातालको आँगनमै छ त्यो नै महत्वपूर्ण हो भने यहि नजिकै अन्नपूर्ण केवुलकार, ठुला ठुला हाउजिगंले बनाएका अर्पामेन्टहरु, पामे, खपौैदी घाडिछिन्ना जाने मुख्य नाका हुन् भने बिशेष गरेर शुक्रवार र शनिवार त आन्तरिक पर्यटकहरुको नै घुईचो लाग्ने गरेको कारणले यो व्यापारको लागि उर्पयुक्त स्थान हो र नयाँ व्यावसाीहरुलाई पनि यहाँ व्यापार गर्ने अवसर र कमाउने स्थान हो । यो मार्केटको माध्यमबाट पर्यटकको हबको रुपमा सर्पोट गर्नका लागि नै हो त्यसैले हामीले पोखरामा आजसम्म संचालनमा नभएका व्यवसायहरु संचालन गर्दैछौ त्यो पनि यो सुपर मार्केटको अर्को राम्रो पक्ष हो ।
प्रश्नः उहाँले यो सुपर मार्केटमा वाह्य तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरि सेवा र सुविधाहरु दिने प्रयास गरेका छौ भन्नुभएको छ तै पनि डिटेलमा बताईदिनुस् न के कस्ता छन् यो मार्केटका बिशेषताहरु ?
खतिवडाः हामीले वाई.यु.के. सुपरमार्केटमा अनेकन आर्कषक व्यवासयहरु संचालन गर्न गईरहेका छौ । हामी कहाँ नेपालको दोश्रो र गण्डकी प्रदेशमै पहिलोपटक वान डे थ्रि डे म्युजियम आर्टको मनोरन्जन प्रदान गर्न गईरहेका छौ । यसमा हजारौ हजार लाखौ मानिसले मनोरन्जन प्राप्त गर्न सक्नुहुनेछ । यो यति आर्कषक हुनेछ कि पोखरा आउने मानिस यो म्युजियममा छिरेन भने पछि अरुले त्यस्को बयान गरेको सुनेर पछुताउनेछ त्यति आर्कषक हुनेछ त्यो भने हाम्रो पुर्खाहरुले कसरी युद्ध लडेका थिए भनेर अवगत गराउनका लागि आर्चरी खेल अर्थात धर्नुवाण सम्बन्धि प्रर्दशनी पनि माथिल्लो तलामा राखेका छौ । आयुवेर्दिक उपचार पद्धतिको लागि फिस थेरापि अर्थात माछाले खुट्टा टोकाएर गरिने उपचार पद्धतिको लागि पनि यहाँ थेरापि सेन्टर स्थापना गरेका छौ । पोखराको विभिन्न स्थानहरु जानको लागि प्रस्थान विन्दु भएकोले खाद्यान्नको डिपोको लागि ग्रोसरीमार्केटको लागि व्यापारी व्यवसायीहरुको लागि आव्हान गरेका छौ । पोखराको लेकसाईड उहाँ रात्रिकालिन व्यवासयहरुको लागि हामी आव्हान गरिरहेका छौ । बाह्य तथा आन्तरिक पर्यटकहरुको लागि हुने फेन्सि पसलदेखि, अन्य ब्राण्डेड सपहरु, स्तरिय थकाली भान्साघर, वाईन सप, स्थानिय देखि विदेशी परिकार पाईने होटल रेष्टुरेण्ट स्पाहरु पनि हाम्रा आर्कषण हुनेछन् । बैक वित्तिय संस्था, व्युटी पार्लर, फर्निचर शोरुम, गेम हाउस, बास बस्नको लागि गेष्टहाउस निर्माण गर्दैछौ, फन पार्क, बच्चाहरुको लागि खेल्ने पिगं , झुला निर्माण गरि किनमेल गर्न आउनेहरुको लागि मनोरन्जनका साधनहरुमा पनि अत्याधिक ध्यान ध्यान दिएका छौ । समग्रमा वाई. यु. के. सुपरमार्केट पोखरा आउनेहरुको लागि एउटा उत्कृष्ट गन्तव्य बनाउदैछौ र त्यसै अनुरुप नयाँ व्यवसायीहरुलाई हाम्रो सुपरमार्केटमा जोडिन आव्हान पनि गरिरहेका छौ । अहिले आएर बुक गर्नेलाई पनि हामी फागुन र चैतको भाडा लिएका छैनौ बैशाषबाट भाडा लिने प्लानमा छौ ।
प्रश्नः कति रोपनी जग्गामा र कति पसल कवलहरु निर्माण गरिरहनुभएको छ ?
खतिवडाः हामीले १७ रोपनी जग्गामा व्यवसाय शुरु गर्न लागेका छौ सटरहरु सोचेजस्तो धेरै त छैन व्यवसायिक रुपमा पर्याप्त छन् । हामीले यो मार्केट उत्कृष्ट बनाउन र व्यवसायीहरुलाई चाहिने जति स्थान दिन हामी सदा तत्पर छौ । लगभग १० रोपनी जग्गामा त पार्किगं रहनेछ, म्युजियम, फन पार्क, बच्चाहरुको लागि खेल्ने पिगं , झुला राख्ने ठाँउहरु र गार्डेनहरुले गर्दा सुन्दर आर्कषक व्यापारिक स्थलको रुपमा सबैले पाउनुहुनेछ ।









