तनहूँ । केहि महिना अगाडि ढाका मोहन अधिकारी ( निपेश ढाका) प्रमुख रहेको सिम नेपाल नामक एनजिओलाई व्यास नगरपालिकाले एकै पटक दिन नमिल्ने भएपछि सम्पूर्ण प्रक्रिया पुर्याएर २० लाख रुपैया दिएको थियो । त्यस्को एउटै उद्धेश्य थियो व्यास नगरपालिकालाई पोलिथिन शून्य बनाउने । उक्त एनजिओ कर्मचारीहरु गाँउ गाँउ डुलेर व्यास नगरवासीलाई ” पोलिथिनबाट बनेका फ्याँकन लागेका वस्तुहरु जम्मा गरेर राख्नुस् ” भन्नुभयो । पोलिथिनका बोराहरु नउठेपनि, काम भएपनि नभएपनि निकै तामझामका साथ व्यास नगरले पोलिथिन शुन्य अभियान सफल पारेको घोषणा गरियो । पत्रपत्रिका, टिभि जताततै निकै चर्चा परिचर्चा भए । काम सकिएको विभिन्न वडाहरुमा कार्यक्रम गरि घोषणा गरियो । गाँउमा थुपारेका फोहोरहरु उठे कि उठेनन् ? त्यो २० लाखको कार्यक्रमको के उपलब्धिहरु के भयो ? कसैलाई थाहा भएन । मन्चमा बसेर माला लगाउने र मिठा मिठा स्तुतिहरुले मन्चमा बस्नेहरुलाई धेरै नै मख्ख बनायो । कार्यक्रक्रम खत्तम पैसा हजमको तालमा २० लाख बोकेर संस्था हिड्यो तर थुपारेको पोलिथिनजन्य सामानहरु अहिले पनि बाटोमा त्यहि २० लाख लैजाने संस्था सिम नेपाललाई कुरिरहेको छ (मिति २०७८ फागुन १३ गते बिहानीको समयमा उक्त स्थानमा पुग्दाको समयसम्म) ।
व्यास नगरपालिका वडा नं. १० निवुवाटारीको माथिल्लोभाग (तालघरे दुम्सिचौर पोखेरल फाँटमोटरमार्गमा कालिडाँडा जाने स्थान) को सडक छेउमा पोलिथिन भएका बोराहरु असरल्ल देखिएका छन् ।
‘‘ महिनौ भयो यहाँ राखिएको खोई कस्ले लाने हो केहि थाहा छैन ” एक जना स्थानिय बताउनुहुन्छ । ”पोलिथिन जम्मा गरेर राख्नुस् भनेर मानिसहरुले राखे अहिले त फोहोर फ्याँक्ने ठाँउ सोचेर सबैले फोहोर फ्याँकेर उक्त फोहोर खोलामा गएर फोहोर दुर्गन्धित भएको छ साथै खोलाको पानी पिएर पशु बिरामी परेका छन् ” उहाँको गुनासो छ ।
व्यास नगरपालिकाले जिम्मा दिएको काम नगकिन व्यास नगरपालिकाबाट एनजिओले पैसा लिएर त गयो जनतालाई सास्ति भईरहेको छ ।
नगरपालिकाका कुनै पनि सम्झौताहरु गर्दा टेन्डर आव्हान गरेर हुनुपर्ने भएकोले टेन्डर आव्हान गरेर गर्दा सिम नेपाललाई पर्ने कुनै ग्यारेन्टि नभएपछि उक्त एनजिओसग ३ वटा देखि ६ वटासम्म प्राविधिक तथा आर्थिक टेन्डर आव्हान गरेर त्यहि सिम नेपाललाई टेन्डर पारिएको थियो ।
(नोटः व्यास १० दुम्सिचौरको भानु मा.वि.को कार्यक्रममा गण्डकी प्रदेशमा मुख्यमन्त्रीको आगमन हुने भएपश्चात उक्त पोलिथिन र फोहोर महिनौपछि हटाईएको छ ।)








