राष्ट्रिय युवा संघ तनहूँको आयोजनामा दमाौलीमा रक्तदान कार्यक्रम

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युवा संघ तनहूँद्धारा तनहूँको दमाौलीमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । रगत अभाव नहोस् भनेर रक्तदान गरि युवा संघले सरहानिय काम गरेको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले तनहूँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले उपाध्यक्ष हरिराज कडेंल, नेकपा एमालेका सचिव राजेश्वर ढकाल, जिल्ला सदस्य अनिल पाण्डे, भुपेन्द्र कोईराला, राष्ट्रिय युवा संघ व्यास नगरका नगर सदस्य सुजन आचार्य, राष्ट्रिय युवा संघका पूर्व केन्द्रिय सदस्य बिष्णु अधिकारी, राष्ट्रिय युवा संघ व्यास नगरका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, उपाध्यक्ष अजित पन्थ, नेकपा एमाले व्यास ४ का अध्यक्ष चिजबहादुर गुरुगं लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष मदन तिमल्सेनाको सभापतित्वमा भएको कार्यक्रममा १६ पिन्ट रगत संकलन भएको युवा संघ तनहूँ सचिव बसन्त पौडेलले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?