तनहूँ । जबर्जस्ती करणीको आरोपित पल शाहद्धारा तनहूँ प्रहरीमा आत्मसर्मपण गरेका छन् । आज जिप्रका तनहूँमा पुगि उनले आत्मसर्मपण गरेका हुन् । पलविरुद्ध जिप्रका तनहूँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी फरार बनेका थिए । आज उनले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस हालेका थिए ।
पल आज आत्मसर्मण गर्न आएको र साँझसम्म अदालतबाट म्याद थप गर्ने तयारी रहेकोे जिल्ला प्रहरी कार्यालय तनहूँले पुष्टि गरेको छ । स्रोतकाअनुसार पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए । काठमाडौंमा युट्यूवरले तमासा गर्ने भएकाले पलले जाहेरीस्थल जिप्रका तनहूँमै पक्राउ दिन चाहेको स्रोतको भनाइ छ । साथै पल विरुद्ध चितवनमा पनि जबरजस्ती करणीको उजुरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नवराज अधिकारीका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुने नहुने टुंगो हुनेछ । जिल्ला प्रहरी कार्यालय, तनहूँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहूँमा पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर, उनी फरार भएका थिए ।








