तनहूँ । वाईसिएलका केन्द्रिय नेता विकास नेपालीद्धारा पार्टी छोडेको घोषणा गर्नुभएको छ । वाईसिएल अनुसासन बिभागका सदस्य नेपालीले एमसिसि पारित गरेपछि आफ्नो माउ पार्टी माओवादी केन्द्रलाई सम्बोधन गर्दै अरु पार्टीभन्दा फरक नहुनी, सत्तासग सति जानीहरुसग सति जान सकिँदैन, तिमी त कांग्रेस र एमाले जति इमन्दार पनि देखीएनौ भन्ने स्टाटस सामाजिक संजालमा राख्दै पार्टी छोडेको घोषणा गर्नुभएको हो साथै नेपालीले कम्तिमा उनीहरु ( कांग्रेस र एमाले) ले त पहिलेनै पास गर्न भने , तिम्रो भरोसा जनता सग भन्दा अमेरिका सग भएपछि तिम्रो पार्टीमा नबस्नी घोषणा गर्छु ।
अमेरिकी परियोजना एमसिसि संसदमा पेश गर्न लागेदेखि नै राष्टप्रति चिन्तित नेपालीले यो सम्झौता अगाडि बढाउनु नहुने तर्क राख्दै आउनुभएको थियो ।








