तनहूँ ।कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालले तनहूँ जिल्लाका राजेन्द्र अधिकारीलाई गण्डकी प्रदेशको अध्यक्ष बनाएको छ । पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम गण्डकी प्रदेशको अध्यक्षमा पुराना राप्रपाका नेता राजेन्द्र अधिकारीलाई जिम्मेवारी दिएको राप्रपा नेपालले जनाएको छ । त्यसैगरि तनहूँकै कृष्णप्रसाद पौडेल राप्रपा नेपालको केन्द्रिय सदस्य चयन हुनुभएको छ ।
राप्रपा तनहूँका पुराना कार्यकर्ता भएको कारण आफुहरुले पार्टीलाई पुर्नजिवन दिदै जिल्लामा साथै देशभर दरिलो उपस्थिति जनाउने नवनियुक्त केन्द्रिय सदस्य कृष्णप्रसाद पौडेलले जनाउनुभएको छ ।








