अष्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन

  • ख-
  • ख+

अष्ट्रेलियाली क्रिकेटर सेन वार्नको निधन भएको छ। फक्स क्रिकेटका अनुसार वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ ।

वार्नको व्यवस्थापकका अनुसार नेपाली समयअनुसार शुक्रबार साँझ उनको थाइल्यान्डमा निधन भएको हो।
आफ्नो भिल्लामा अचेत अवस्थामा भेटिएका ५२ वर्षियलाई तत्काल चिकित्सकीय सहयोग दिइए पनि उनलाई बचाउन नसकिएको उनको व्यवस्थापकले जानकारी दिएका छन्।

विश्वकै सर्वाधिक सफल लेग स्पिनर वार्नले अष्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडिआई खेल खेलेका थिए। उनले टेस्टमा ७ सय ८ विकेट र ओडिआईमा २ सय ९३ विकेट लिएका थिए । (एजेन्सी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?