दमौली बजारमा बिहानदेखि भिषण आगलागी

  • ख-
  • ख+

तनहूँको सदरमुकाम दमौलीबजारमा भिषण आगलागी भएको छ । व्यास ४ को भुपाल हार्डवेयरबाट फैलिएको आगोले उक्त हार्डवेयरको भवन पूर्ण रुपमा नष्ट बनाउनुका साथै आडैको ज्योति हार्डवेयरको गोदाम पनि पूर्णरुपले क्षति पुगेको छ । बिहानैबाट शुरुभएको उक्त आगलागीले वरपरका घर र पसलहरुमा पनि निकै क्षति पुर्याएको छ । आर्मी, प्रहरी र स्थानिय वासिन्दाको सहयोग र पोखरा महानगरपालिकाको दमकल र काठमाण्डौबाट आएको हेलिकप्टरबाट पानी घण्टौसमम पानी हालेपनि आगो नियन्त्रणमा आएको छ । उक्त आगलागीमा क्षतिको विवरण आईपुगेको छैन । प्रारम्भिक अनुमान अनुसार करोडौको क्षति भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?