डुम्रे मिनिकप २०७८ शूरु, उद्घाटनमा तीन खेल सम्पन्न

  • ख-
  • ख+

सेभेन ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७८ डुम्रे मिनिकप शनिबारबाट शूरु भएको छ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाको प्रमुख आतिथ्तामा तथा डुम्रे सास्कृतिक युवा परिवारका अध्यक्ष कैलाश श्रेष्ठको सभापतित्वमा सम्पन्न एक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन भएको हो। कार्यक्रममा विशेष अतिथी भानुभक्त पोखरेल र अन्य अतिथिहरुमा युवा परिवारका पुर्व अध्यक्ष राजेन्द्र पिया, शिव कुमार श्रेष्ठ, क्षेत्रिय होटल ब्यबसायी समितीका अध्यक्ष सन्तोष थापा, युवा ब्यबसायी तथा समाजसेवी क्रमस श्रेष्ठ, समाजसेवी शुक्र कुमार श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो।

शनिवार भएको उद्घाटनमा ३ खेल सम्पन्न भएको छ। पहिलो खेल मित्रता युवा क्लब बेलबास र ब्राईट फ्युचर युवा क्लब भानु बीच भएकोमा वेलबास युवा क्लब २र०अन्तरले विजयी भएको थियो। दोस्रो खेल अर्चले युवा क्लब र नमूना युवा क्लब बीच भएकोमा नमुना यूवा क्लव ४र० अन्तरले विजयी भएको थियो भने तेस्रो खेल ३० वर्ष माथिको छपेलि समुह र डुम्रे इलेक्ट्रोनिक्स समुह बीच भएकोमा छपेलि समूह २र१ अन्तरले विजयी भएको थियो। खेलमा सेभेन ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता तर्फ ४० टीम र ३० वर्ष उमेर माथिको समुहमा १६ टीमगरीजम्मा ५६ टीमको सहभागीता रहेको छ।

सेभेन ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता डुम्रे मिनिकप फूटबल प्रतियोगिता २०७८ को विजेताले
प्रथम पुरस्कार नगद रु. ५०,५५५ ट्रफी, मेडल र प्रमाणपत्र,
द्धितीय पुरस्कार नगद रु. २५,५५५ ट्रफी, मेडल र प्रमाणपत्र
साथै उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने ३० वर्ष उमेर माथिको समुहका विजेताले बोका उपहार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। आईतबार देखि खेल तालिका अनुसार अन्य खेलहरु खेलाईने क्लवका उपाध्यक्ष्य विक्की गुरुङले जानकारी दिनुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?