तनहूँका नेताहरुले गरे आगलागी नियन्त्रणमा खट्ने सुरक्षाकर्मी र उद्धारकर्ताहरुको अपमान

  • ख-
  • ख+

तनहूँ । हामी यदाकदा देख्ने गर्छौ मानिसहरुले लाखौ करोडौको दान दिएपनि मिडियामा नआउने आफुले दान दिएको अरुलाई नसुनाउने तर तनहूँको सवालमा ठ्याक्कै उल्टो छ सरकारी पैसाबाट सानोतिनो सहयोग गर्दा पनि चिच्चयाई चिच्याई कराउने र आफ्ना आसेपासेलाई भन्न लगाउने त्यो काम मैले नै गरेको हुँ , कतिले त पत्रकारलाई फोन गरेर मैले पहल गरेर ल्याएको हुँ हेलिकप्टर यसो लेखिदिनुपर्यो भन्ने गरेको पाईयो ।

तनहूँको दमौलीमा आइतवार त्यस्तै दृश्य देखियो बिहानैदेखि दमौलीको भुपाल हार्डवेयरबाट शुरु भएको आगलागी वरपरका घर पसलहरु सल्किन लाग्दा सबैले आ आफ्नो ठाँउबाट सहयोग गरे । कोहि सामान निकाल्ने, कोहि दमकल बोलाउने,आर्मी, पुलिस डाँक्ने कोहि पानीका ट्यांकरहरु डाँक्ने कोहि हेलिकप्टर, घटनास्थलमा धेरै जसो रमाईलो हेर्न आए जसरी हात बाँधेर बसेपनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबैको केहि न केहि योगदान रह्यो । आगलागीले उग्ररुप लिईरहदा पोखराको दमकल आईपुगेर ज्योति सप्लायर्समा आगो निभाउने काम गरिरहदा आकाशमा हेलिकप्टर उड्न थाल्यो । हेलिकप्टरले पानी ल्याउदै हाल्दै गरेको केहिबेरमा तनहूँ क्षेत्र नै १ का सांसद हालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसान आगलागी भएको स्थानमा देखिनुभयो ।
हेलिकप्टरले पानी बर्षाईरहदा आगोको रापको पर्वाह नगरि, आफ्नो जिउ ज्यानको पर्वाह नगरि आगो निभाउनेतिर धेरै जना लागिरहे त्यतिबेला भलै धेरैजसो मानिसहरु टिकटक बनाउन र फोटो खिच्न व्यस्त भएपनि सुरक्षाकर्मी र उद्धारकर्मीले गरेको दुःख सारै सहननिय छ । आगो निभाउदै गर्दा , सामान यताउति राख्दा धेरैजसो मान्छेहरुको कपडा रंगले रंगिएको छ , च्यातिएको छ, जुत्ता, कपडा कामै नलाग्ने भएका छन् , आगोको रापले धेरै मान्छेहरुलाई पोलेको छ ।
क्षति धेरै नै भएपनि आगलागी नियन्त्रण गर्न सफल भयौ थप क्षति हुनबाट जोगायौ भन्दै सुरक्षाकर्मीदेखि उद्धारकर्ताहरुको हात धुन नभ्याउदै बजाभरि हल्ला फैलियो, सामाजिक संजाल रंगियो, हेलिकप्टर कस्ले ल्यायो ? सामाजिक संजालमा विभिन्न पार्टीका कार्यकर्ताहरुको वाक् युद्ध शुरु भयो । सबैको आ आफ्नै दावी थियो , सबैको आ आफ्नै तर्क थियो । त्यो प्रचण्ड राप, त्यो प्रचण्ड घाममा काम गर्ने सुरक्षाकर्मीहरु , ति पानी ट्यांकर चालकहरु, ति आफ्नो जिउज्यानको बाजी थापेर आगो निभाउन खोज्ने उद्धारकर्ताहरुलाई धन्यवाद भन्नुको साटो विभिन्न राजनितिक दलका कार्यकर्ताहरु जो घटनास्थलभन्दा धेरै पर हुनुहुन्थ्यो उहाँहरु ज्हारी खेल्न थाल्नुभयो । सामाजिक संजाल हेर्ने मानिसलाई पो टर्चर भईरहेको छ आगो कसरी निभ्यो ? क्षति कति भयो ? बेफ्वाक् मा जलेका ति घरहरु र पिडितहरुको कसैलाई टेन्सन छैन सबलाई हेलिकप्टर मेरो नेताले ल्याएको कुरालाई स्थापित गर्न कम्मर कसेर लागेको देख्न पाईयो ।
सरकारी पैसामा आएको हेलिकप्टर पनि मेरो नेताले ल्याईदिएको भनेर सामाजिक संजाल जसरी रंगिएको छ । जे होस् हेलिकप्टर प्रकरणले धेरैको चरित्र उदागों भईरहेको छ । धेरैपछि सामाजिक संजालमा हेलिकप्टर युद्ध देख्न पुग्नुभएका दिनभरको आगोको वाफले निदाउन नसकेका एकजना उद्धारकर्मी भन्दै हुुनुहुन्थ्यो ”पत्रकारज्यु आगो निभाउन धेरै दुःख गरियो । आज बिरामी भएर अस्पताल आएको छु । दिनभर आगो नभनि काम गर्यो । आर्मी, पुलिस, हामीहरु धेरैजनाको जुत्ता लुगा जलेको छ, अरु पनि बिरामी परेका छन् । बजारभरि सुरक्षाकर्मी तथा उद्धारकर्ताहरुले राम्रो काम गरे होईन सबैलाई अपमान गर्दै सबैजना हेलिकप्टर कस्ले ल्यायो भन्नेमा विवाद गरिरहनुभएको छ ,वाह रे राजनिति ! ति मानिसले त्यो सडकमा भएको फोहोर टिपे हुने नि बरु अपमान गर्नुभन्दा त !”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?