सम्मान नपाएका उद्धारकर्मीहरु !

  • ख-
  • ख+

तनहूँ । आईतवार तनहूँको दमौली बजारको भुपाल हार्डवेयरबाट शुरु भएको आगलागीले करोडौको क्षति भएको छ । उक्त अवसरमा सयौको संख्यामा सुरक्षाकर्मी र सर्वसाधारणहरु उद्धारमा खटिनुभएको थियो । दमकल, हेलिकप्टर, पानी ट्यांकरहरु, पानी बोक्ने ट्याक्टर, सुरक्षाकर्मी, स्थानिय बासिन्दाहरुको अथक प्रयासबाट उक्त आगलागी नियन्त्रण पश्चात सम्भावित ठुलो क्षति हुन जोगिएको थियो ।
हजारौको संख्यामा उद्धारकर्मीहरु खटिएपनि काठमाण्डौबाट आएको हेलिकप्टरले मात्र आगो निभाएको झै हेलिकप्टरको व्यवस्थापन आफुले गरेको भनेर स्थापित गराउन नेताहरु तल्लिन भएपनि देख्ने र बुझ्नेहरुले घण्टौ खएिका उद्धारकर्मीहरुलाई सम्झिरहेको छ । आफ्नो ज्यानको वास्ता नगरिकन उक्त आगलागीको समयमा उद्धारमा खटिने उद्धारकर्मीहरुको जति प्रशंसा गरेपनि कम हुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?