अजिमा खातुन । तनहूँ । भानु नगरपालिका वडा नं. ९ बाइसजँगारका १७ वषिय सनिज श्रेष्ठको मंगलवार मृत्युपछि बाइसजँगारवासी प्रदर्शन र जुलुस निकालेका छन्।
होस्टेलमा राखेको विद्यार्थीलाई बाहिर जान दिनु विद्यालयको लापरबाही भएको भन्दै आफन्तहरु आक्रोशित बनेका छन्। विद्यालयले परिवार मुचुल्का विना उठाइ शव पोस्टमोर्टम गर्न बेशिसहरस्थित जिल्ला अस्पतालमा पठाएको बताइएको छ। मंगलवार घटना पश्चात् आफन्त र बजारबासी विद्यालय परिसर पुगेका थिए। तोडफोड र झडप बढदै गएपछि प्रहरीले रबरको गोलि र अश्रुग्यास समेत हानेको थियोे। बुधवार पनि जुलुस निकाल्ने तयारी भएको तर कर्फ्युका कारण बजारमा नै प्रदर्शन गरिएको बजारबासीले बताएका छन्।
उनीहरुले विद्यालयका संस्थापक बाबुराम पौडेल र जिम्मेवार सबैलाई कार्वाहीको माग गरेका छन्।









