सवारी दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

  • ख-
  • ख+

जनकपुरधाम। महोत्तरीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

औरही नगरपालिका वडा-४ स्थित माईस्थान सम्सी सडक खण्डमा गौशालाबाट सम्सी तर्फ जाँदै गरेको प्र.२-०२-००३ प.५१५९ नम्बरको मोटरसाईकल र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना. ५ ख ७७२७ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक महोत्तरी गौशाला नगरपालिका वडा नं. २ निगौल बस्ने ४० बर्षका रामपुनित ठाकुरको मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी प्रकाश विष्टले जानकारी दिए । घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

मोटरसाईकलमा पछाडी सवार निजकै श्रीमती ३८ वर्षकी उर्मिला ठाकुर घाइते भएकी छन् । उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।
मोटरसाईकल, ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?