तरुण दलले नेकपा एमाले बारेमा भ्रम छरेको राष्ट्रिय युवा संघ नेपाल तनहूँको आरोप

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युवा संघ नेपाल तनहूँले तरुण दल तनहूँले नेकपा एमाले बारेमा भ्रम छरेको आरोप लगाएको छ । राष्ट्रिय युवा संघ नेपाल तनहूँका अध्यक्ष मदन तिमल्सेनाले आज एक विज्ञप्ति जारि गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा वितरण गरिएको तरुण दलको पत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई विभिन्न अतिरञ्जीत र भ्रामक शब्द राखी लिखित प्रतिवद्धता नामको भ्रमपत्र वितरण गरिएको प्रति राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी तनहूँ घोर आपत्ती प्रकट गर्दछ ।
अध्यक्ष तिमल्सेनाद्धारा जारि वित्रप्तिमा कांग्रेसले सरकारको नेतृत्व गरेको वखतमा नै नेपालमा सबै भन्दा धेरै भ्रष्टाचार मौलाएको साथै स्वदेशी उद्योग तथा कलकारखानाहरु बेचेको, नदिनाला बेचेको, बिदेशीको सामु लम्पसार परेको, दलाल पुँजीबादी बर्गको संरक्षण गरेको र राष्ट्रिय अर्थतन्त्र ध्वस्त पार्ने पार्टीको रुपमा कांग्रेस पार्टी रहेको नेपाली जनता सामु घाम जस्तै छर्लंड्ड छ । नेकपा एमालेका अध्यक्ष क. केपी ओलीको नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको नेपाली भुमी लिपुलेक, लिम्पीयाधुरा र कालापानीलाई नेपाली नक्सामा समावेस गरि भुमी फिर्ता गरेको, नाकाबन्दी जस्तो कठिन समयमा पनि भारतसामु नझुकी नेपाली स्माभिमान र राष्ट्रियतालाई विश्वसामु चिनाएको साथै राष्ट्रियता, अखण्डता र राष्ट्रिय हित र एकताको पक्षमा रहेको पार्टी नेकपा एमाले लाई भ्रमपूर्ण आरोप लगाइएको प्रति खेद प्रकट गर्दछौं ।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा वितरण गरिएको तरुण दलको पत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई विभिन्न अतिरञ्जीत र भ्रामक शब्द राखी लिखित प्रतिवद्धता नामको भ्रमपत्र वितरण गरिएको प्रति राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी तनहूँ घोर आपत्ती प्रकट गर्दछ । अधिकांस सरकारको नेतृत्व गर्दा नेपाली कांग्रेसले कम्युनिष्टहरुको सहारा लिनु परेको तथ्यलाई पनि स्मरण गराउन चाहन्छौं । कांग्रेसले सरकारको नेतृत्व गरेको वखतमा नै नेपालमा सबै भन्दा धेरै भ्रष्टाचार मौलाएको साथै स्वदेशी उद्योग तथा कलकारखानाहरु बेचेको, नदिनाला बेचेको, बिदेशीको सामु लम्पसार परेको, दलाल पुँजीबादी बर्गको संरक्षण गरेको र राष्ट्रिय अर्थतन्त्र ध्वस्त पार्ने पार्टीको रुपमा कांग्रेस पार्टी रहेको नेपाली जनता सामु घाम जस्तै छर्लंड्ड छ । नेकपा एमालेका अध्यक्ष क. केपी ओलीको नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको नेपाली भुमी लिपुलेक, लिम्पीयाधुरा र कालापानीलाई नेपाली नक्सामा समावेस गरि भुमी फिर्ता गरेको, नाकाबन्दी जस्तो कठिन समयमा पनि भारतसामु नझुकी नेपाली स्माभिमान र राष्ट्रियतालाई विश्वसामु चिनाएको साथै राष्ट्रियता, अखण्डता र राष्ट्रिय हित र एकताको पक्षमा रहेको पार्टी नेकपा एमाले लाई भ्रमपूर्ण आरोप लगाइएको प्रति खेद प्रकट गर्दछौं ।कांग्रेसको सरकार भइरहदा नेपाली भुमीमा भारतले सडक विस्तार र दार्चुलाका जय सिंघ धामीलाइ भारतीय एसएसपिले महाकाली नदिमा बगाएको घटनामा कांग्रेसले नेतृत्व गरेको सरकारले चुइक्क बोल्न नसकेको घटनाले कुन पार्टी राष्ट्रियता प्रति प्रतिबद्ध छ भन्ने कुरा जनतालाइ प्रष्ट भएको हुदा तरुण दलको झुटो प्रतिबद्धता प्रत्र आफ्नै कार्यकर्ताको आँखामा छारो हाल्ने सिवाय अरु केही नभएको र यस्ता खाले भ्रामक र झुटो प्रचार प्रति राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी तनहूँको गम्भिर ध्यानाकर्षण भएको छ । यस खालको अराजक र अराजनितिक क्रियाकलाप तत्काल बन्द गर्न हाम्रो यस संगठन चेतावनी दिन चाहन्छ ।

राष्ट्रिय युवा संघ नेपाल । जिन्दावाद ।

मदन तिमल्सेना
अध्यक्ष
राष्ट्रिय युवा संघ नेपाल, तनहूँ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?