तनहूँ कारागारमा कैदीहरु बिच झडप

  • ख-
  • ख+

तनहूँ कारागारमा दुई समुह विच झडपमा चार जना बन्दिहरु घाइते भएका छन् । कारागारका नाईके बिवादको बिषयलाई लिएर दुई समुह बिच झडप भएको हो । झडपको क्रममा कुल बहादुर तमाङ, अनुप थापा, माधब कडेल, धन बहादुर शाही घाईते भएका छन् । घाइते मध्ये दुई जनाको टाउकोमा चोट लागेको र अरु सामान्य घाईते भएका छन् । केही महिना अघि काठमाडौंबाट सरुवा भएर आएका कैदीहरुको समुहले आक्रमण गरेको एक घाईतेले जानकारी दिए । घाईतेहरुको उपचार पश्चात् कारागार पठाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्