• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • रंगीनसंसार
  • खेलकुद
  • फिचर
    फोटो फिचर
  • अन्तराष्ट्रिय
  • अन्य
    रोजगारीकुराकानीप्रवासखरिद/विक्रीविज्ञान प्रविधिअचम्मको संसार
  • ताजा
  • चर्चित
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • रंगीनसंसार
  • खेलकुद
  • फिचर
    फोटो फिचर
  • अन्तराष्ट्रिय
  • अन्य
    रोजगारीकुराकानीप्रवासखरिद/विक्रीविज्ञान प्रविधिअचम्मको संसार
  • ताजा
ताजा
तनहुँ काठमाडौं पश्चिम भेगीय समाजको प्रथम साधारणसभा सम्पन्न
1 week अगाडि
घारी तालवेसी खानेपानी उपभोक्ता समितिको ४४औँ वार्षिक साधारणसभा असोज १८ गते
2 weeks अगाडि
आबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदी ‘बेस्ट पुलिस अफ द मन्थ’
2 weeks अगाडि
जुना र सुदिपको अभिनयमा परदेशीको पीडा र श्रीमतीको प्रतीक्षाको कथा बोकेको ‘भन परदेशी’ दशैं गीत सार्वजनिक
2 weeks अगाडि
कांग्रेस महाधिवेशन प्रतिनिधिमा तनहुँ -१ बाट गोविन्दकुमार श्रेष्ठ (शिव) को उम्मेदवारी
2 weeks अगाडि
उर्जा, जलश्रोत तथा सुरुङ विज्ञ ई. श्रीराम न्यौपानेको भोटेकोसी बाढि बारे प्रारम्भिक प्राविधिक विश्लेषण
2 weeks अगाडि
तनहुँ–१ प्रदेश ‘क’ सभापतिमा ईश्वर पौडेलको उम्मेदवारी घोषणा
2 weeks अगाडि
३ दशकदेखि राजनीतिमा सक्रिय तनहुँका उत्तम मिश्रको महाधिवेशन प्रतिनिधिमा दाबी
2 weeks अगाडि
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा युवा नेता कमल मिश्रको बाग्मती प्रदेश प्रतिनिधिमा उम्मेदवारी
3 weeks अगाडि
चर्चित

मेडपा अन्तर्गत सञ्चालित सीपमूलक तालिमले म्याग्देका महिलालाई आत्मनिर्भरतातर्फ उन्मुख गराउँदै

सर्वज्योति
  • ख-
  • ख
  • ख+
 तनहुँ, असार ३०। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत म्याग्दे गाउँपालिका को आयोजनामा वडा नं. ४ मनहरीमा सञ्चालित सीपमूलक उद्यम विकास तालिम प्रभावकारी बन्दै गएको छ। वडा कार्यालयको सहजीकरणमा सञ्चालन गरिएको उक्त तालिममा ३५ जना महिला उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको छ। महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा हस्तकलामार्फत धूप–बत्ती निर्माण तथा विभिन्न प्रकारका भेज र ननभेज अचार बनाउने सीप प्रदान गरिएको छ। तालिममा नेपाली कागज प्रयोग गरी पूजा–आराधनामा प्रयोग हुने सुगन्धित धूप, विभिन्न प्रकारका बत्ती तथा अन्य हस्तकलाजन्य सामग्री उत्पादन गर्ने विधि सिकाइएको छ। त्यसैगरी, भेजतर्फ करेला, आँप, कागती, खुर्सानी लगायतका अचार तथा ननभेजतर्फ कुखुराको मासु, बफ र बँदेलको अचार बनाउने सीपसमेत प्रदान गरिएको छ। सहभागीहरूले व्यवहारिक अभ्यासमार्फत उत्पादन प्रक्रिया सिक्दै व्यवसाय सञ्चालनका लागि आवश्यक ज्ञान र सीप हासिल गरिरहेका छन्। म्याग्दे गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख तथा मेडपा कार्यक्रमका फोकल पर्सन प्रदीप न्यौपानेका अनुसार महिलाहरूले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गरी आयआर्जन गर्न सकून् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। उहाँले भन्नुभयो, “यस तालिमले महिलाहरूलाई नवप्रवर्तन र सिर्जनशील उद्यमतर्फ प्रेरित गर्नेछ। स्थानीय स्रोत–साधनको उपयोग गर्दै उत्पादन तथा उद्यम विकास गर्ने वातावरण तयार हुँदै गएको छ।” तालिमका प्रमुख प्रशिक्षक पवित्रा लामीछानेले सहभागी महिलाहरूको सिकाइप्रतिको उत्साह प्रशंसनीय रहेको बताउँदै तालिमपछि उनीहरू सफल उद्यमीका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार तालिममा उत्पादन, प्याकेजिङ, गुणस्तर व्यवस्थापन तथा बजारमुखी सोचसमेत विकास गराइएको छ। सहभागी सरस्वती श्रेष्ठले तालिमले आफूहरूका लागि नयाँ अवसरको ढोका खोलेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी यसअघि झोल साबुन उत्पादन गरेर व्यवसाय गरिरहेका थियौँ। अब धूप, बत्ती र विभिन्न प्रकारका अचार उत्पादन गरी बजारमा पुर्‍याउने तयारीमा छौँ।” स्थानीय उत्पादनमार्फत म्याग्देको छुट्टै पहिचान स्थापित गर्न सकिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो। वडा नं. ४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठले महिलाहरूको माग र आवश्यकतालाई ध्यानमा राखी गाउँपालिकासँगको सहकार्यमा तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सहभागी अधिकांश महिलाहरू विभिन्न समूहमा आबद्ध भई उद्यम तथा होटल व्यवसायमा सक्रिय रहेकाले तालिमबाट प्राप्त सीप तत्काल व्यवहारमा उतार्ने सम्भावना उच्च रहेको छ। तालिमको अर्को महत्वपूर्ण पक्ष बजारीकरण रहेको छ। पोखरास्थित साइनो किचन कर्नरसँगको सहकार्यमा सहभागी महिलाहरूलाई आवश्यक कच्चा पदार्थ उपलब्ध गराउने तथा उत्पादन भएका धूप, बत्ती र अन्य सामग्रीको बजारीकरणका लागि समन्वय प्रक्रिया अघि बढाइएको आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो। ३५ जना महिलाको सहभागिता रहेको तालिममा प्रमुख प्रशिक्षकका रूपमा पवित्रा लामीछाने तथा सहायक प्रशिक्षकका रूपमा राममाया श्रेष्ठ रहनुभएको छ। स्थानीय महिलाहरूलाई घरधन्दामा मात्र सीमित नराखी आर्थिक तथा सामाजिक रूपमा सक्षम बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यस तालिमले महिलाहरू पनि सफल उद्यमी बन्न सक्छन् भन्ने सशक्त सन्देश दिएको छ। सीप, उत्पादन र बजारीकरणलाई एकैसाथ जोड्ने यस प्रयासले म्याग्दे गाउँपालिकामा महिला उद्यमशीलताको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajyoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
म्याग्देमा ९६ विपन्न श्रमिक मजदुर सञ्चित कोषमा आबद्ध
व्यासका ३३ जना अस्थायी दरबन्दीका कर्मचारी चैत महिनाभित्र हटाईने 
पोखराको लेकसिटी कलेजमा विद्यार्थीका लागि ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु
नेपाली सेनाले भर्ना खुलायो, २६०० भन्दा बढी जनशक्ति माग
सशस्त्र प्रहरीमा प्रहरी निरीक्षकमाा जागिरको अवसर
नेपाल टेलिकमले जागिर खुल्योः माग्यो उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म ६९ कर्मचारी
भर्खर प्रकाशित
तनहुँ काठमाडौं पश्चिम भेगीय समाजको प्रथम साधारणसभा सम्पन्न
घारी तालवेसी खानेपानी उपभोक्ता समितिको ४४औँ वार्षिक साधारणसभा असोज १८ गते
आबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदी ‘बेस्ट पुलिस अफ द मन्थ’
जुना र सुदिपको अभिनयमा परदेशीको पीडा र श्रीमतीको प्रतीक्षाको कथा बोकेको ‘भन परदेशी’ दशैं गीत सार्वजनिक
कांग्रेस महाधिवेशन प्रतिनिधिमा तनहुँ -१ बाट गोविन्दकुमार श्रेष्ठ (शिव) को उम्मेदवारी



कम्पनी दर्ता नं : २५३०६२/०७७/०७८

सूचना विभाग दर्ता नं : ४१८५-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं. : ४१८२-२०८०/८१

हाम्रो बारेमा

'“निष्पक्ष र सकारात्मक समाचार हामी सबैको चाहना ” भन्ने मुल सिद्धान्तलाई मध्यनजर गर्दै हामी सबै राजनितिक दल, स्वतन्त्र व्यक्ति, जातजाति,भाषा, धर्म , कला, संस्कृतिका समाचारहरु निष्पक्ष र स्वतन्त्ररुपमा प्रवाह गर्नेछौ । हामी सत्य तथ्यमा अाधारित जुनसुकै विचारधाराका समाचार र विचारहरु सगर्व प्रकाशन, प्रशारण गर्नेछौ ।

हाम्रो टिम

प्रकाशक : माधब पौडेल

निर्देशक : सुमित्रा पोखरेल

संवादाता : रमेश पौडेल

संवादाता : आरजु पौडेल

बजार ब्यवस्थापक : मन्जु खनाल

सम्पर्क

दमौली मिडिया प्रा. लि.

व्यास नगरपालिका - १०, सेवर, तनहूँ,
गण्डकी प्रदेश, नेपाल
sarbajyoti.news@gmail.com
९८४१- ६४९६८०

शाखा कार्यालय: पर्स्याङ्ग- पोखरा
शाखा कार्यालय: कीर्तिपुर, काठमाडौं

© 2026 सर्वज्योति डट कम सर्वाधिकार सुरक्षित
Privacy Policy
Terms & Conditions
Advertise policy
Privacy policy
Website By : EgsoftTech