६ माघ । तनहुँको  व्यास नगरपालिकाले ३३ जना अस्थायी दरबन्दीका कर्मचारीलाई हटाउने भएको छ । यहि पौष २५ गते सम्पन्न ४४ औँ नगरसभाले ती कर्मचारी हटाउने कुरा सर्वसम्मत पारित गरेको हो । पुस मसान्तसम्म उनीहरुको म्याद रहेकोमा माघ १ गतेदेखि नविकरण नगरिएको हो । केही कर्मचारीले नविकरण नहुने संम्भावना देखेपछि अगाडि नै राजीनामा दिएका थिए ।  राजीनामा नदिएका ३० जना कर्मचारीलाई हटाइनेछ । उनीहरुको चैत मसान्तसम्म म्याद रहेकाले त्यसपछि खाली गराइने नगरपालिकाले जनाएको छ ।