३ बैशाख । व्यास नगरपालिका–८ रिस्तीमा नव निर्मित वडा प्रशासनिक भवन निर्माण कार्य पूरा भएको छ । व्यास नगरपालिकाको ७४ लाख २२ हजार ४०५ रुपैयाँको लागतमा भवन निर्माण पश्चात बुधबार एक कार्यक्रमका बीच उदघाटन गरी कार्यालय संचालनमा ल्याइएको हो ।
भवनको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले वडा कार्यालयको उदघाटन गर्नुभयो । सो अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले जनताको सबैभन्दा नजिकको सरकार भएकाले यहाँबाट निस्पक्ष, पारदर्शी र नागरिकमैत्री सेवा प्रवाहमा जोड दिनुभयो ।
नयाँ भवनले सेवाको गुणस्तर बढाउनुका साथै कर्मचारी र सेवाग्राही दुवैका लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास लिएका छौ ।” उक्त अवसरमा नगर प्रमुख न्यौपानेले बताउनुभएको थियो ।
उपप्रमुख इन्दिरा दरैले विकासका पूर्वाधारसँगै सेवा प्रणाली पनि सुदृढ हुनुपर्ने उल्लेख गर्दै स्थानीय तहको विश्वास जित्ने माध्यम नै प्रभावकारी सेवा प्रवाह भएको बताउनुभयो ।
उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले आधुनिक संरचनाले प्रशासनिक कार्यसम्पादनलाई व्यवस्थित बनाउने र समयमै सेवा उपलब्ध गराउन सहयोग पुग्ने धारणा राख्नुभयो ।












