तनहुँ । १७ बैशाष । तनहुँको म्याग्दे गाउँपालिकामा जलवायु सूचना केन्द्र स्थापना हुने भएको छ। मौषम, कृषि, तथाजलवायु सम्बन्धि सूचना उपलब्ध गराउन उपयोगी हुने यो प्रविधिका लागि म्याग्दे गाउँपालिका चिल्ड्रेन नेपालबिच एक सहमति भएको छ । हावाहुरी, बर्षा, तापक्रम, मौषम पूर्वानुमान सम्बन्धि जानकारी केन्द्रलेगाउँपालिकालाई उपलब्ध गराएपछि म्याग्दका किसान तथा आम सर्वसाधारण प्रत्यक्ष लाध पग्ने गाउँपालिकाले विश्वास लिएको छ । समति पत्रमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र चिल्ड्रेन नेपालका अध्यक्ष डिल्लीप्रसाद शर्माले गर्नुभएको थियो ।















