तनहुँ । निर्माण व्यवसायी संघ तनहुँको अध्यक्षमा शेरबहादुर गुरुङ निर्वाचित हुनुभएको छ। संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनबाट गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको हो।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा ईश्वी प्रसाद देवकोटा, उपाध्यक्षमा सुरेश घिमिरे, सचिवमा तारानरेश पौडेल, सहसचिवमा केदार अधिकारी, कोषाध्यक्षमा ओमबहादुर आले र सहकोषाध्यक्षमा निरज श्रेष्ठ निर्वाचित हुनुभएको छ।

यसैगरी संघको सदस्य पदमा समेत विभिन्न व्यवसायीहरू निर्वाचित भएका छन्।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले निर्माण व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता र निर्माण क्षेत्रको विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।