व्यासमा भएका बेथिति सुधार र बिकास गर्नको लागि एमालेले मलाई अगाडि बढाउछः रत्नकुमार श्रेष्ठ, मेयर पदका उमेदवारको आकांक्षी

  • ख-
  • ख+

स्थानिय निकायको निर्वाचनको मिति घोषणा भएपश्चात तनहूँको व्यास नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उमेदवार बन्न चाहनेहरुको लर्को लागेको छ, । हाल नेपाली कांग्रेसले जितेको नगरपालिकामा कांग्रेसका उमेदवारहरु बचि तछाड मछाड गरिरहदा नेकपा एमालेबाट उमेदवार बन्न चाहने मानिसहरु पनि कत्ति कम्ति छैनन् । आफुलाई व्यासको भावि मेयर हुने दावी गर्दै १ दर्जन जति नेकपा एमालेका नेताहरुले मेयरको उमेदवारको आकांक्षी बन्नुभएको छ तिनै मध्ये एक हुनुहुन्छ घरेलु महासंघका केन्द्रिय अध्यक्ष रत्न कुमार श्रेष्ठ, मध्य पर्यटन बिकास समितिको सदस्य, क्षेत्रिय होटल संघ तनहूँको अध्यक्ष, मानव अधिकार एवं कैदी बन्दि न्यायिक सरोकार मन्च नेपालको उपाध्यक्ष लगायत विभिन्न संघसंस्थामा बसेर सेवा गरिरहनुभएको छ । तिनै रत्नकुमार श्रेष्ठ जो व्यास नगरपालिकालाई फरक बनाउछु , जनताको सुख दुःखको साथी बन्छु भनेर नेकपा एमालेबाट मेयरको उमेदवार बन्न खोजिरहनुभएको प्रस्तुत छ श्रेष्ठसग गएिको कुराकानीः


प्रश्नः तपाई त अघिल्लोपटक पनि नेकपा एमालेको तर्फबाट व्यासको मेयरको उमेदवारको आकांक्षी हुनुभएको थियो यसपटक पनि आकांक्षी हुनुभएको छ किन ?
उत्तरः अघिल्लो पटक पनि पार्टीले मलाई उमेदवार बनाओस् म जितेर देखाउछु काम गरेर व्यास नगरपालिका बनाउछु भनेको थिए टिकट पाउन सकिन यसपटक पक्कै पार्टी पंक्तिले रत्न श्रेष्ठलाई न्याय गर्छ भनेर उमेदवारको आकांक्षा राखेको हुँ ।
प्रश्नः के छ रत्न श्रेष्ठसग व्यास नगरपालिकामा जित्ने र नेकपा एमालेले तपाईलाई उमेदवार बनाउने ?
उत्तरः मान्छेलाई विश्वास छ रत्न श्रेष्ठ खरो बोल्छ तर कसैलाई नराम्रो गर्दैन भन्ने मान्छेलाई विश्वास छ । रत्नसग भिजन छ भन्ने , मान्छेलाई विश्वास छ । कांग्रेसको दमौलीमा बिगबिगी हुदाँ पनि रत्न श्रेष्ठ पार्टी जोगाउन लडेको थियो त्यसैले रत्न नेकपा एमालेको तर्फबाट उमेदवार बन्नुपर्छ भन्नेहरु धेरै भेट्नुहुनेछ ।
प्रश्नः के छ त तपाईसग व्यास नगरपालिकालाई बनाउने भिजन ?
उत्तरः पहिलो कुरा त व्यास नगरपालिकालाई राम्रो बनाउनको लागि अत्याधिक रकम स्वस्थ्य शिक्षा, कृषि, रोजगार र पर्यटनमा केन्द्रित गर्नुपर्दछ । यत्रो सम्भावना हुदा हुदै पनि खोई त वर्तमान जनप्रतिनिधिहरुले यी कामहरु गरेको ? दुई चार वटा टावर बनाएर, एउटा पिसिआर ल्याव स्थापना गरेर हामीले के के नै गर्यो भनेर फेरि नेपाली कांग्रेसले आफ्नो उमेदवारलाई भोट माग्न मिल्छ ? दुई चार जना आफ्ना गुटका कार्यकर्तालाई वडामा नगरपालिकामा जागिर लगायौ भनेर सारा व्यास नगरका युवाहरु रोजगार छन् भनेजस्तो कुरा गर्न पाईन्छ । कार्यकर्ता पाल्दा र अनावश्यक रुपमा बजेट बाँड्दा नगरपालिका टाँट पल्टन लागेको छ, अब कर्मचारीलाई तलब दिन नसक्ने अवस्था आएको छ यस्तै दिन देख्नलाई हो व्यास नगरपालिकामा नेपाली कांग्रेसलाई जनताले भोट दिएको । यी र यस्ता वर्तमान् जनप्रतिनिधिहरुले गरेको गलत कृयाकलापहरु चिर्दै व्यासलाई विकासको पथमा अगाडि लैजाने योजनाहरु छन् मसग ।
प्रश्नः पार्टीले मेयरको टिकट देला त तपाईलाई ?
उत्तरः रत्न श्रेष्ठ कस्तो मान्छे भन्ने त कार्यकर्तालाई पनि थाहा छ नि म आर्थिक रुपमा आत्मनिर्भर छु । देशभर भनिने गरेका सुनिने गरेको अनेकौ भ्रष्टाचारका काण्डहरुमा जस्तोमा जोडिनुपर्ने मलाई आवश्यकता छैन । पार्टीमा योगदानकै कुरा गर्ने हो भने बुझ्नु र हेर्नु रत्न कति पुरानो कार्यकर्ता हो, पार्टीलाई कत्तिको सहयोग गर्ने मान्छे हो भनेर , आकांक्षी सबै साथीहरु एकसेएक हुनुहुन्छ तर रत्न श्रेष्ठ अलि फरक भएको भिजन भएको र लोकप्रिय व्यक्ति भएको कारण नेपाली कांग्रेसको उमेदवारलाई हराउन सक्नेछ त्यसैले नेकपा एमालेले मलाई व्यासको उमेदवार बनाउछ भन्नेमा म ढुक्क छु ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्