नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेता गोविन्द भट्टराईले कांग्रेसमा विद्रोह गर्ने घोषणा गर्नुभएको छ । तनहूँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उमेदवारीको दावी गर्नुभएका भट्टराईले शनिवार दिउसो १२. ३० को समयमा सामाजिक संजालमा स्टाटस लेख्दैआफु जनता माझ जाने बताउनुभएको छ । भट्टराईले फेसबुक स्टाटसमा ”पार्टीको टिकटको पछि लाग्नु भन्दा तनहूँ क्षेत्र नं. १ का मतदाता माझ आफूलाई प्रस्तुत गर्नु नै उत्तम बिकल्प हो भन्ने ठानेको छु। यस्का लागि सबै साथीहरुलाई तयार रहन अनुरोध गर्दछु” भनेर लेख्नुभएको छ ।
अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्यको निर्वाचनमा तनहूँ क्षेत्र नं. १ मा नेकपा एमालेका रामबहादुर गुरुगंसग पराजित हुनुभएका भट्टराईले यसपटक तनहूँ क्षेत्र नंं १ बाट प्रतिनिधि सभा सदस्यको उमेदवारी दावी गरिररहनुभएको छ जहाँबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारीको पनि दावी रहेको छ ।
बोल्ड निर्णय दिन डराउने आरोप लागेका भट्टराईले ”यसपटक जसरी भएपनि तनहूँ क्षेत्र नंं १ बाट प्रतिनिधि सभा सदस्यको उमेदवारी दिने ” उहाँ निकट व्यक्तिहरुको भनाई रहेको छ भने ”रामचन्द्र पौडेल र शंकर भण्डारीजस्ता सिनियर नेता हुदाँहुदै भट्टराईले टिकटको दावी गर्नुलाई प्रदेश सभा सदस्यको टिकटको लागि वार्गेनिगं गरिरहेको ” एकथरिको आरोप रहेको छ ।
खासै बढि नबोल्ने, अरुसग कम घुलमिल हुने भट्टराईले नेपार्ली कांग्रेसले समानुपातिक तर्फ चौथो नम्बरमा नाम राखेपनि प्रत्यक्षतर्फ चुनाव लड्ने भन्दै नाम फिर्ता लिनुभएको छ भने समाचार तयार पार्दासम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उमेदवारहरुको नाम घोषणा गर्न सकेको छैन ।









