चीनले बनायो ‘सुपर काउ’, क्यानेडियन होल्स्टेनभन्दा ५० प्रतिशत बढी दूध दिने

  • ख-
  • ख+

हामीले सामान्य कम्प्युटरभन्दा अत्यन्तै प्रभावशाली सुपर कम्प्युटरको बारेमा सुन्दै आएका छौं । सुपर कार, सुपर बाइक वा सुपर सोल्जरलगायतका शब्दहरु हाम्रा लागि नयाँ होइनन् ।

तर, सुपर काउ अर्थात सुपर गाई भने धेरैका लागि नयाँ र असामान्य लाग्नसक्छ । चीनको नर्थवेस्ट ए एन्ड एफ युनिभर्सिटीका वैज्ञानिकहरू क्यानेडियन होल्स्टेन गाईको तुलनामा ५० प्रतिशत बढी दूध उत्पादन गर्न सक्ने तीन ‘सुपर गाई’लाई सफलतापूर्वक क्लोन गरेका छन् ।

होल्स्टेन गाईहरूबाट टिस्यु नमुना लिएर ‘सोमेटिक सेल न्यूक्लियर ट्रान्सफर मेथड’को प्रयोग गरी उक्त क्लोन गरिएको अन्तर्राष्टि«य सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । उक्त विधिबाट गत महिना लिंगवु शहरमा ५६।७ किलोग्राम तौल भएको र ७६ सेन्टिमिटर अग्लो रहेको पहिलो बाछो जन्माइएको रिपोर्टमा उल्लेख छ ।

यसरी जन्माइएका बाछाहरूले प्रतिवर्ष लगभग १८ टन तथा जीवनकालमा १०० टन दूध दिन सक्ने वैज्ञानिकहरुको भनाइ छ । तुलनात्मक रूपमा क्यानेडियन होल्स्टेन गाईले ३०५ दिनमा लगभग १२ टन दूधमात्र उत्पादन गर्ने तथ्याकंले बताउँछ ।

चीनको यो उपलब्धिका कारण चीनको डेरी क्षेत्रमा ठूलो परिवर्तन आउने तथा विदेशी नस्लका गाईको आयात तुलनात्मक ढगंबाट कमी आउने विश्वास लिइएको छ ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्