कम्प्युटर एशोसियसन महासंघ नेपाल तनहूँद्वारा क्षमता अभिवृद्धि तथा विद्युतिय लेखा प्रशिक्षण कार्यक्रम आयोजना

  • ख-
  • ख+

२७ साउन, तनहूँ । कम्प्युटर एसोसियसन नेपाल महासंघ तनहूँको आयोजनामा ब्यवसायीको क्षमता अभिबृद्वि तथा विघुतीय लेखा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम दमौलीमा सम्पन्न भएको छ । कम्प्युटर एसोसियसन नेपाल महासंघका केन्द्रिय सदस्य तुलसीराम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि पाण्डेले भोलिका दिनहरुमा ब्यवसायीकरुप र आफ्नो ब्यक्तिगतरुपमा पनि आफ्नो हिसाबकिताबहरु राख्न सजिलो र सुरक्षित हुने भएकाले विद्युतिय लेखा सम्बन्धी प्रशिक्षणको महत्व भएको बताउनु भएको थियो ।कम्प्युटर एसोसियसन नेपाल महासंघ तनहूँका जिल्ला अध्यक्ष विश्व प्रकास भुषालको अध्यक्षतामा भएको कार्यक्रम कार्यक्रम कम्प्युटर एसोसियसन नेपाल महासंघ तनहूँका सचिव सुशिल कुमार श्रेष्ठले संचालन गर्नुभएको थियो । ६० जनाको सहभागीता रहेको उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षक सि. ए. अनिल थापा र देवराज अधिकारी रहनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्