ट्रकले स्कुटरलाई ठक्कर दिँदा काठमाण्डौको बल्खुचोकमा भुपति पाण्डेको मृत्यु

  • ख-
  • ख+

काठमाडौं । काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक भूपति पाण्डे रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका सहप्रवक्ता एवम् डीएसपी निरञ्जन भट्टले जानकारी दिए । मृतक ३८ वर्षीय पाण्डे अध्यागमन अधिकृत हुन् ।

सानेपाबाट कलंकीतिर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका पाण्डेको वयोधा अस्पतालमा मृत्यु भएको भट्टले बताए । ट्रक चालक अर्जुन ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?