भट्टराईलाई जिताउनुस् मन्त्री बन्ने निश्चित छः कांग्रेस नेता सिंह

  • ख-
  • ख+

तनहूँ । नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले तनहूँबाट गोविन्द भट्टराईलाई जिताए मन्त्री बन्ने प्रवल सम्भावना रहेको बताउनु भएको छ ।
तनहूँको बन्दिपुरमा आयोजित गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले केन्द्रमा गठवन्धनको सरकार भएको र गोविन्द भट्टराई उच्च कदको नेता भएकोले सम्भावना बढी भएको उहाँको भनाई थियो । नेपाल विद्यार्थी संघ केन्द्रीय सभापति भएको र आफ्नो कार्यकालमा कुशलता पूर्वक कार्य गरेकाले मन्त्री बन्ने अवसरमा आउने र त्यसको लागि आफूले पनि पहल गर्ने नेता सिंहले भन्नुभयो । सिंहले आफू मन्त्री हुँदा भट्टराईले तनहूँका लागि धेरै शिर्षकमा बजेट माग्न धाएको र अन्य मन्त्रालयमा पनि धाएर बजेट पारेको स्मरण गर्दै सिंहले पदमा नहुँदा पनि जनताको लागि काम गर्ने नेता भट्टराई भएको बताउनुभयो । ‘कैयौंपटक लौ न मेरो क्षेत्रमा बाटोको लागि , पानीको लागि , स्वास्थ्यको लागि बजेट चाहियो भन्दै आउनुहुन्थ्यो सिंहले भन्नुभयो । भट्टराईले देशको , जिल्लाको र आफ्नो क्षेत्रको सेवा गर्छु भन्दै आउँदा खुल्ला दिलले स्वागत र सम्मान गरि मतदान गरेर जिताउनु पर्ने बताउनुभयो । यही ठाउँको , यहि गाउँको मान्छे , जसले बषौं देखि केही गरौँ भन्ने भावनाले काम गरिरहेको छ त्यस्तो व्यक्तिलाई जिताउन सिंहले आग्रह गर्नुभयो । जनताको कामलाई कसरी सम्बोधन गर्ने भन्ने भावना भट्टराईमा भएको भन्दै सिंहले सुखदुःख र अप्ठ्यारो बुझ्ने नेता भट्टराई भएको बताउनुभयो । तनहूँबासीको परिक्षाको घडी आएको भन्दै उनले बैसाख १० गतेको मतदानमा मतदाताले पास गरेर पठाउने विस्वास व्यक्त गर्नुभयो । ‘नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भैसकेको ब्यक्तिको देश तथा बिदेशमा राम्रो सम्पर्क रहेको हुँदा धेरै सम्भावना र पहुँच भएको भट्टराई भएकोले जिताउनु पर्ने बताउनुभयो ।
एक अर्को प्रसङ्गमा सिँहले काङ्ग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीको बारेमा केन्द्रीय स्तरमा छलफल भइरहेको र चाडै समस्याको समाधान हुने प्रश्यास भईरहेको बताउनुभयो । सिंहले स्वतन्त्र बाट उठेका स्वर्णिम वाग्ले अवसर पाउनजेल काङ्ग्रेस बाट अवसर लिएको र नपाएपछि पाटि छोडेर हिँडेको हुँदा अवसरवादी नेता भएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमानले गठबन्धनले उपयुक्त उम्मेदवार दिएको बताउनुभयो । अहिले सम्म निष्ठा, आर्दशको राजनीति गरिहेको गोविन्द भट्टराई हुनुहुन्छ, चुमानले भन्नुभयो, सरल र सहज नेतृत्वको प्रस्ताव सारेको छ जीत सुनिश्चित छ ।
भट्टराईको उम्मेदवारी समर्थन मात्रै नभई सहयोग गर्ने दृढ समर्थन भएको चुमानले बताउनुभयो । यहीको जमिन खोस्रिने, यहीको अन्तरविरोधहरु हटाउने राष्ट्रको समस्या समाधान गर्न सक्ने क्षमता, जनतासँग भिजेको भुई मान्छे भएकोले जीत सहज भएको बताउनुभयो । नेपाली कांग्रेस तनहूँमा सभापति जीतप्रकाश आलेले योग्य, क्षमतावान, विकासको लागि अहोरात्र खट्ने नेता भएकोले गोविन्द भट्टराई जिताउनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रम नेपाली कांग्रेस बन्दीपुर गाउँकार्य समितिका सभापति कर्णबहादुर खत्रीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शंकर भण्डारीले गोविन्द भट्टराईलाई भोट हाल्न पाउनु तनहूँवासीको लागि गौरवको विषय भएको बताउनु भएको छ ।
सो कुरा नेता भण्डारीले तनहूँको बन्दीपुर गाउँपालिका–५ मा आज आयोजित सत्तागठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै बताउनु भएको हो । त्याग र समर्पण र निरन्तर राजनीतिमा सक्रिय भएका नेता भट्टराई भएकोले तनहूँवासीले गौरवको विषय भएको बताउनुभयो । तनहूँका जनताले भोट हालेको व्यक्ति राष्ट्रपति भएकोले तनहूँका जनता भाग्यमानी भएको उल्लेख गर्दै भट्टराई पनि राजनीतिमा भविश्य बोकेको व्यक्ति भएकोले भोट हालेर जिताउनु पर्ने बताउनुभयो ।
कुन ठाउँमा के समस्या छ थाहा भएको नेता भएकोले भट्टराईलाई जिताउनु पर्ने उहाँको भनाई थियो । विकासमा कुनै योगदान नभएको नेतालाई राम्रोसँग चिनेर पराजित गरी दुःख र सुखमा साथ दिने भट्टराईलाई विजयी बनाउनु पर्ने भण्डारीको भनाई थियो । कुनै अवसर नपाएको र अवसर खोज्दै विचार र सिद्धान्त नछोडेको युवा संघर्षशिल युवा भट्टराई भएको सत्तारुढ गठबन्धनका उच्च स्तरीय चुनावी कमाण्डर समेत रहेका भण्डारीको भनाई थियो । उम्मेदवार गोविन्द भट्टराईले तनहूँलाई विकासको नमुना जिल्ला बनाउन उम्मेदवार बनेको बताउनुभयो । सरकार जसको छ उसैले बजेट दिने भएकोले सत्तारुढ गठबन्धनका उम्मेदवारले विजयी हुँदा ठुला ठुला विकास योजना पार्न सकिने बताउनुभयो । राष्ट्रपति कृषि कार्याक्रम मार्फत कृषकलाई लाभ हुने योजना पर्ने उहाँले बताउनुयो ।
कार्यक्रममा नेपाली कांग्रेस तनहूँका पूर्व सभापति रघुनाथ पौडेल, पूर्व क्षेत्रीय सभापति उदयराज गौली, नेकपा माआवोदी केन्द्रका नेताहरु हेमराज लामिछाने क्षितिज, पूर्णसिंह थापा लगायतले पदमा नहुँदा पनि काम गरेको नेता भएको तनहूँमा विकासको मुल फुटाउन भट्टराईको जिताउन आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । गठबन्धनआज भट्टराईको चुनावी कार्यक्रम बन्दीपुरका विभिन्न वडामा भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्