तनहूँ , ३ वैशाख । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले विरासत कायम राख्न र जिल्लाको विकासको लागि सत्ता गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन अपरिहार्य भएको बताउनुभयो ।
व्यास नगरपालिका– १ मा गरिएको कोणसभालाई सम्बोधन गर्दै भण्डारीले राष्ट्रपति जिल्ला भएको र विगत देखिकै उच्च विरासतलाई कायम राख्नु जिताउनु पर्ने बताउनुभयो । ‘‘तनहूँको विकास विगतमा पनि कांग्रेसको अगुवाईमा भएको हो त्यसको निरन्तरताका लागि पनि कांग्रेसको जीत अपरीहार्य छ, भण्डारीले भन्नुभयो । सत्ता गठबन्धनकै सरकार भएकोले गठबन्धनै उम्मेदवारलाई जिताउँदा बजेट पार्न सकिन्छ ।’’
उपनिर्वाचनमा अवसरवादीहरुलाई पाखा लगाउनु पर्नेमा जोड दिनु भएको थियो । ‘‘विगतमा तनहूँको विकास निर्माणमा कुनै साइनो नगाँसिएका व्यक्तिहरु उम्मेदवार बन्न आएका छन् ,तिनिहरुलाई पाखा लगाउनु पर्छ’’ पूर्वमन्त्री समेत रहेका भण्डारीले भन्नुभयो ।
व्यास —१ को घरदैलो अभियानमा नेपाली कांग्रेस तनहूँका जिल्ला सदस्य डम्बर अधिकारी, नेपाली कांग्रेस व्यास नगर कार्य समितिका पूर्व सभापति रामचन्द्र बस्नेत लगायतले गत मङ्सिरको निर्वाचनको जसरी नै उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउनु पर्नेमा जोड दिनु भएको थियो ।
दुई महामन्त्री एकैसाथ मैदानमा आउने
यसैबीच नेपाली महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा एकैसाथ मैदानमा आउनु हुने भएको छ ।
नेपाली कांग्रेस व्यास नगरसमितिको आयोजनामा चैत्र ५ गते दिउँसो १ बजे दमौलीको अनसन चौतारीमा हुने चुनावी सभालाई सम्बोधन गर्न आउनु हुने भएको हो ।
गोविन्द भट्टराईलाई जिताउ अभियान अन्तर्गतमा दुवैजना महामन्त्री आउने नेपाली कांग्रेस व्यास नगरसभापति सूर्यचन्द्र हड्खलेले जानकारी दिनुभयो । यसैगरी लोकतान्त्रिक बाम गठबन्धनले चैत्र ६ गते डुम्रे र चैत्र ७ गते आँबुखैरेनीमा सभा गर्ने भएको छ । डुम्रेमा गरिने सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने नेपाली कांग्रेस तनहूँका प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो । आँबुखैरेनी बजारमा हुने सभामा नेपाली कांग्रेसका केन्द्रीय सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हरिबहादुर चुमानले सम्बोधन गर्नुहुने उहाँले जानकारी दिनुभयो ।








