नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन र विश्वप्रकाश तनहूँ १ मा गोविन्द भट्टराईलाई मत माग्न दमौलीमा व्यस्त

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार श्रेष्ठ र विश्वप्रकाश शर्मा तनहूँ १ मा गोविन्द भट्टराईलाई मत माग्न व्यस्त हुनुभएको छ । बैशाष १० मा हुन लागेको उपविर्वाचनमा उमेदवार बन्नुभएका नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईलाई मत माग्न उहाँहरु व्यस्त हुनुभएको हो ।
थापा र शर्मा बिहानैदेखि दमौली बजारमा मत माग्न हिड्नुभएको थियो । उक्त अवसरमा उहाँहरुले गोविन्द भट्टराई त्याग र योगदानले खारिएको नेता भएकोले एकपटक मौका दिनुपर्ने बताउदै उहाँलाई मत दिएर उहाँको राजनीतिक योगदानलाई पनि कदर गरिदिन आग्रह गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्