दमौलीको सत्यवतीमा.वि.को प्रधानाध्पापकमा पहिलो पटक महिला नियुक्त

  • ख-
  • ख+

तनहूँ । दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा पहिलो पटक महिला प्रधानाध्यापकमा नियुक्त हुनु भएको छ ।

सोही विद्यालयमा माध्यामिक तहमा कार्यरत शिक्षिका पुष्पकला भट्टराईलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा चयन गरेपछि महिलाले पहिलो पटक अवसर मिलेको हो ।

विद्यालयका निर्बतमान एकबहादुर गुुरुङको वैशाख १५ गते कार्य अवधि समाप्त भएपछि समितिले भट्टराईलाई सिफारिस गरेको हो । वि.स. २०३३ सालमा स्थापना भएको यस विद्यालयले स्थापना भएको ४७ वर्ष पछि महिलाले जिम्मेवारी दिँदा खुसी लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले बताउनुभयो ।

नवनियुक्त प्रधानाध्यापक भट्टराईलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, व्यास नगरपालिका वडा नम्बर २ का वडा सदस्य सुरेश वाग्ले, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देल, लगायतले पदस्थापन गर्नुभयो । सो अवसरमा भट्टराईले सत्यवतीको गरिमा उच्च राख्ने गरी काम गर्ने बताउनुभयो । पदस्थापन कार्यक्रममा विद्यालयका निबर्तमान प्रधानाध्यापक एकबहादुर गुरुङलाई राम्रो कार्य गरे बापत दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा पूर्व प्रअ इन्द्रप्रसाद पौडेल लगायतले सफल कार्यकालको कामना व्यक्त गर्नु भएको थियो । प्रधानाध्यापक भट्टराईले अंग्रेजी विषयमा एफएम फिल उत्तिर्ण गर्नु भएको छ भने विद्यावारिधीको समेत अध्ययन गरिरहनु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्