रास्वपाद्वारा ३६ विभाग गठन: तनहूँका सांसद डा. स्वर्णिम वाग्ले अर्थ नीति विभाग प्रमुख चयन

  • ख-
  • ख+

तनहूँ / राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ विभागहरु गठन गरेको छ । रास्वपाको सोमबार बसेको बैठकले विभाग गठन र हाल भएका विभागलाई अध्यावधिक गर्ने निर्णय गरेको हो ।

जसअनुसार हालै भएको उपनिर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. स्वर्णिम वाग्ले अर्थ नीति विभाग प्रमुख चयन हुनुभएको छ । यसैगरि नीति तथा विभाग विभाग र प्रशिक्षण विभागको प्रमुखमा डा. मुकुल ढकाल चयन हुनुभएको छ । संगठन विभागको प्रमुखमा कविन्द्र बुर्लाकोटी, कानुन तथा न्याय विभाग सोविता गौतम प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल अन्तर्राष्ट्रिय सम्बन्ध विभाग शिशिर खनाल, अभियान तथा प्रचार प्रसार विभाग विपीन आचार्य प्रमुख चयन हुनुभएको छ ।

यसैगरी उत्पादन प्रवर्द्धन विभाग रामकृष्ण भट्टराई, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग हरि ढकाल, मानवीय विकास प्रवर्द्धन विभागको प्रमुखमा कुसुम महर्जन, नेतृत्व क्षमता तथा मानव संशोधन विभाग खुस्बुसरकार श्रेष्ठ, जनसम्पर्क विभाग दीपक बोहरा, अथ्यांक अनुसन्धान विभाग मनिष झा, आर्थिक व्यवस्थापन विभाग निमा अधिकारी, विकास, योजना तथा नीति तर्जुमा विभाग अरनिको पाडे, गुनासो व्यवस्थापन विभाग डा चन्दा कार्की चयन हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्