मर्स्याङ्दी जलबिद्युतको ड्यामसाईडमा पुरुष मृत अवस्थामा फेला

  • ख-
  • ख+

तनहूँ । आँबुखैरेनी गाउँपालिका वडा नं. २ मार्किचोक स्थित मर्स्याङ्दी जलबिद्युतको ड्यामसाईडमा १ पुरुष मृत अवस्थामा भेटिएको छ । मर्याङ्दी जलबिद्युतको ड्याम साईड किनारमा आँबुखैरेनी गाउँपालिका वडा नं. ६ ढेटगाऊका १५ सोमबहादुर गुरुगंलाई मृत अवस्थामा फेला पारिएको हो । गुरुगं हाल गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं १४ याङ्कोट डेरा गरी बस्ने गरेको खुलेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?