तनहूँको याम्पामा ट्रकको ठक्करबाट घाइते ३ जनाको उपचारका क्रममा मृत्यु

  • ख-
  • ख+

तनहूँ । तनहूँमा ट्रकको ठक्करबाट घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ।

बन्दिपुर गाउँपालिका वडा नम्बर ५ याम्पास्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकले ठक्कर दिँदा ८ जना घाइते भएका थिए।

तीमध्ये गम्भीर घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयतनहूँले जनाएको छ।

बन्दिपुर गाउँपालिका वडा नम्बर १ का बासिन्दा सनबहादुर भुजेल, चेतबहादुर घर्ती र आयुष भुजेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । निजहरुको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले जनाएको छ। उनीहरू का हुन्।
बन्दिपुर गाउँपालिका वडा नं. ५ आधिखोला स्थित पृथ्विराजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिन तर्फ जादै गरेको ना ४ ख १९७३ नं को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहूँका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँडले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्