मनकामना केवलकारका कर्मचारीद्धारा भक्तजनमाथि हातपात

  • ख-
  • ख+

चितवन । मनकामना मन्दिर दर्शनका लागी आएका भक्तजनमाथि हातपात भएको छ ।

भारतको कर्नाटकबाट आएका भक्तजनलाई मन्दिरका कर्मचारीले हातपात गरेका हुन् । केही भक्तजन सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

‘एकपटक मन्दिर दर्शन गरेर बाहिर निस्केपछि उहाहरु फेरी मन्दिर पस्न खोज्नुभएछ,’ मनकामना प्रहरी चौकीका इन्चार्ज जीवनाथ सुवेदीले भने, ‘कर्मचारीले रोक्न खोज्दा विवाद भएर सामान्य हातपात भएछ।’ घटना लगतै पीडित पक्षले प्रहरी चौकीमा उजुरी दिएका थिए । दुवै पक्षलाई बोलाएर सहमति गरेर पठाइएको सुवेदीले जानकारी दिए ।

भक्तजनमाथि अभद्र व्यवहार हुनु दुखद भएको मनकामना क्षेत्र बिकास समिति अध्यक्ष रामकुमार जोशीले बताए । यसअघि पनि पटक पटक यस्ता घटना हुने गरेको उनले जानकारी दिए ।

‘खासगरी पुजारी इन्सान थापाका छोरा निशानको बिषयमा बढी कम्प्लेन आउने गरेको छ, उहाँको बुवालाई राखेर पनि हामीले धेरै पटक सम्झाइसकेका छौ, तरपनि लफडा भइरहन्छ,’ उनले भने। ( छिम्केश्वरी न्युज्)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्