भानु बलिफांटका ३५ बर्षिय सुकबहादुर पौडी खेल्ने क्रममा मर्स्यागंदी नदीमा वेपत्ता

  • ख-
  • ख+

तनहूँ । भानुका सुकबहादुर नेपाली पौडी खेल्ने क्रममा मर्स्यागंदी नदीमा वेपत्ता भएका छन् । शनिवार दिउँसो करिब ११ः ४५ बजेतिर तनहूँ जिल्ला भानु नगरपालिका वडा नं. ८ बलिफाँट बस्ने करिब ३५ बर्षिय सुक बहादुर नेपाली पौडि खेल्नेक्रममा वेपत्ता भएका हुन् । निज नेपाली उक्त स्थानकै सतदेबि मन्दिरको निमार्णको लागी श्रमदान गर्न जान्छु भनि घरबाट निस्किएको र नजिकैको रहेको मर्‍याङ्दी नदीको किनारामा पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदिले बगाई बेपत्ता भएको भन्ने प्राप्त भएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादु खाणले जानकारी दिनुभएको छ ।
सूचना प्राप्त हुनासाथ निजको खोजतलासको लागी प्रहरी चौकी पुर्कोट तनहूँ, ईलाका प्रहरी कार्यालय भानु तनहूँबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली, मनकामना गण भानु तनहूँबाट उद्दार सामाग्री सहितको शसस्त्र प्रहरी बल र स्थानिय मानिसहरु समेतको संयुक्त टोली उक्त स्थानमा खटिई गई निजको खोजतलास गरिरहेको, हालसम्म फेला नपरेको पनि जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादु खाणले जानकारी दिनुभएको छ ।साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान एवं खोजतलास भईरहेको पनि खाडले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्