भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु

  • ख-
  • ख+

भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २३३ जना भन्दा बढीको मृत्यु भएको छ । शुक्रबार साझँ ७ बजे बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको दुर्घटनामा २३३ जना भन्दा बढीको मृत्यु भएकोछ भने ९सय भन्दा बढी घाइते भएका छन् ।

बिबिसी हिन्दीका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । हावडा(चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि यसको डब्बा पटरीबाट खसेको थियो र अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर(हावडा सुपरफास्ट ट्रेन पनि ठोक्किएको थियो।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्वीट गर्दै यस दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ रहेको बताए । यस घटनामा करिब ९०० जना घाइते भएको बताइएको छ ।रेलमन्त्री अश्विनी वैष्णव आफै दुर्घटनास्थल गएका छन् । उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

(नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्