तनहूँका टेलिभिजनकर्मी सरोज ओझा मुम्वईमा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३’ बाट सम्मानित

  • ख-
  • ख+

काठमाण्डौ । टेलिभिजनकर्मी सरोज ओझासहित सात नेपाली युवा भारतको मुम्बईमा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३’ बाट सम्मानित हुनुभएको छ । अवार्डको विदेशी विधाअन्तर्गत सम्मानित हुनेमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सचेतना’ का प्रस्तोता एवम् निर्देशक सरोज ओझा, कलाकार नितु कोइराला, गायक विनोद ढकाल, श्रष्टा एवम् अभियन्ता राजेन्द्रप्रसाद ओझा, व्युटिसियन सुशीला थापा, इभेन्ट निर्देशक अमित शाह र अभियानकर्मी कृष्णप्रसाद देवकोटा रहनु भएको छ।

मुम्बईमा आयोजित कार्यक्रममा अभिनेत्री श्वेता तिवारी, अभिनेत्री एवम् मोडेल रानी रे, मोडेल रितु शर्मा, फेसन डिजाईनर रागिनी के सिंह, मोनिका भादोरिया, सामाजिक अभियन्ता बेलिन्दा पेरेरा, अशोकप्रसाद अभिशेक, आदित्य खुराना, रमादिप कौर, हितेन तेजवानी, मान्या सिंह, निहारिका राजदान, मदल्सा शर्मा, लिजा सिंह, ट्विन्कल वशिष्ठलाई अवार्ड प्रदान गरिएको थियो ।

आयोजक संस्था फिल्मोराका प्रमुख अखिलेश सिंहलाई नेपालका तर्फबाट नेपाल र भारतको झण्डा अंकित मायाको चिनो उपहार स्वरुप प्रदान गरिएको थियो । सिंहले दादा साहेब फाल्के टेलिभिजन अवार्डको आगामी संस्करण नेपालमा आयोजना गर्न सकिनेबारे आफू विमर्शमा रहेको बताउनुभयो ।

दादा साहेव फाल्के अवार्ड आयोजक संस्था फिल्मोरा मिडिया प्रमुख अखिलेश सिंहले नेपाल र भारत बीचको सम्बन्धलाई जोडने प्रयास स्वरुप नेपाली कलाकार, पत्रकार आदीलाई सम्मानित गरिएको र आगामी दिनमा अझ बढी संख्यामा सहभागी गराउन सकिने विश्वास आफुले लिएको बताउनु भयो । साथै सिंहले दादा साहेव फाल्के अवार्ड नेपालमा गर्ने बिषयमा कुराकानी भैरहदा कोभिडका कारण रोकिएको र अब छिट्टै मिति तय गरि घोषणा गर्ने योजना रहेको बताउनुभयो ।
जन्मघर तनहूँ भई एक दशकदेखी ललितपुर जिल्ला निवासी ओझा सम्मानित भएपश्चात यसप्रकारका सम्मानले टेलिभिजनका क्षेत्रमा दत्तचित्त भएर लाग्न अझै ्रैरणा मिल्ने बताउनुभएको थियो ।

उक्त अवार्ड कार्यक्रम फिल्मोरा मिडियाको आयोजनामा मुम्बईको हायात होटेलमा जुन ११ गते सम्पन्न भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?